काठमाडौं । पाँच दलीय समन्वय समितिका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले सत्तारुढ दलहरूको गठबन्धन व्यवस्था बचाउनका लागि भएको बताएका छन् । उनले सत्तारुढ गठबन्धनको तागत देखेर प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी ओली हतासको अभिव्यक्ति दिइरहेको पनि बताए ।
नेविसंघको स्थापना दिवसलाई मंगलबार सम्बोधन गर्दै पौडेलले मुलुकमा परिवर्तन ल्याउनका लागि आगामी संघीय निर्वाचनसम्मका लागि मिलेर जानुपर्ने बताए । ‘यो गठबन्धन सत्ताका लागि होइन, व्यवस्थाका लागि हो ।
यो गठबन्धन शेरबहादुर देउवालाई प्रधाानमन्त्री बनाउका लागि होइन, यो गठबन्धन नेपालमा लोकतन्त्र बचाउनका लागि हो,’ उनले भने, ‘यो गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी काँपेका छन्, हतास भएका छन् र हतासमा अभिव्यक्ति दिइरहेका छन् ।’
ओलीले जस्ता पनि व्यक्तिहरूलाई गठबन्धनमा हातेमालो गर्न लागिरहेको आरोप लगाउँदै पौडेलले जस्ता शक्तिसँग पनि हातेमालो गर्न राम्रो नभएको बताए ।गठबन्धनमा रहेका दलहरूलाई पौडेलको आग्रह थियो, ‘यो गठबन्धन परिवर्तनका लागि हो, परिवर्तनलाई बचाउनका लागि हो । यो परिवर्तनलाई जोगाउनका लागि हो ।
गठबन्धनका सदस्यहरूले आ(आफ्नो हैसियत, दायित्व बुझेर स्थानीय निर्वाचित र आउँदा चुनाव पनि सफल पार्नका लागि एकताबद्ध भएर जानुपर्छ । आफ्नो, आफ्नो कर्तव्य दायित्व बुझेर जानुपर्छ ।