प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग तयार रहेको बताएका छन्।
मंगलबार आयोगले काठमाडौँमा आयोजना गरेको मिडिया अन्तक्रिया कार्यक्रममा थपलियाले निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गर्दै तोकिएको मितिमा नै स्वच्छ र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग तयार रहेको बताएका हुन्।
उनले निर्वाचनका लागि वैशाख ८ गते सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जानकारी दिए। थपलियाले दलहरुको सुझावकै आधारमा मनोनयनका लागि दुई दिन छुट्टाइएको र प्रचार प्रसारको अवधि पनि बढाइएको बताए।
यस पटकको निर्वाचनमा अघिल्लो स्थानीय निर्वाचनमा भएका कमी कमजोरीलाई पनि सच्चाएर आयोग अघि बढेको उनले बताए । उनले आयोगले जारी गरेको आचारसंहिता कार्यान्वयन गर्नु सबै पक्षको दायित्व भएको र आफ्नो परीक्षा आफैं लिएर यसको पालना गर्न सुझाव दिए।
त्यस्तै उनले निर्वाचनको मौन अवधिमा देशभर मदिरा बिक्री वितरण नगर्न–नगराउन प्रस्ताव गरिएको जानकारी दिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।