आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

आजको मौसमः यी स्थानमा चट्याङसहित पानी पर्ने !


  • मंगलबार, बैशाख ६ २०७९
6.7K
SHARES

सांकेतिक फोटो

नेपालको मौसममा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार बिहान) पहाडी भेगमा आंशिक बदली र देशका अन्य स्थानमा मौसम सामान्यतया सफा छ।

बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली र देशका बाँकी ठाउँमा आंशिक बदली रहने छ। यस क्रममा प्रदेश १ लगायत देशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ।

राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली र देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। यस क्रममा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ: प्रदेश १ लगायत देशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ। देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न पनि आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा