शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कांगेस काठमाडौँका नेताको निधन, देशभरका नेता-कार्यकर्ता बने निराश !


  • सोमबार, बैशाख ५ २०७९
8.8K
SHARES

फाइल तस्विर

काठमाडौं, ५ बैशाख ।

नेपाली कांग्रेस काठमाडौँका नेताको निधन भएको छ । कांग्रेस काठमाडौँ क्षेत्र नं ४ का पूर्वक्षेत्रीय सदस्य तथा काठमाडौँ महानगरपालिका वडा नं ३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको हो।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं ३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएको छ ।

उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उनले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए।

नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट आफ्नो राजनीति अगाडि बढाएका सत्याल त्रिचन्द्र क्याम्पसको पूर्वस्ववियु पदाधिकारी भएका थिए ।
उनको गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । सत्यालका आमा, श्रीमती र एक छोरी छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा