नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य जीवन गौतमले पार्टी छाडेका छन्। उनी माओवादीका दाङ जिल्ला इन्चार्ज समेत थिए । आज (सोमबार) दाङमा पत्रकार सम्मेलन गर्दै माओवादीको साधारण सदस्यसमेत नरहनेगरि पार्टी त्यागेको बताएका हुन् ।
उनी दाङको घोराही उपमहानगरपालिकामा मेयर आकांक्षी थिए। पार्टीबाट मेयरमा सिफारिसमा नपरेपछि उनले पार्टी नै छाडेका छन्। उनी नेता नारायणकाजी श्रेष्ठनिकट हुन्।
घोराहीमा माओवादीबाट जिल्ला सहइन्चार्ज हेमराज शर्मालाई मेयर उठाउने तयारी छ। शर्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता कृष्णबहादुर महरानिकट मानिन्छन्।
‘मलाई मेयरमा टिकट नदिने भए। माओवादीले गैरकम्युनिष्ट चरित्र देखाइरहेको छ,’ उनले भने, ‘एमसिसी पारित हुँदा पनि म सन्तुष्ट थिइनँ। मैले पार्टीको साधारण सदस्य पनि त्यागेको छु।’ उनले अब अर्को कुनै पार्टी प्रवेश गर्ने वा नगर्ने भन्नेबारे खुलाउन चाहेनन्।
मेयर पद नपाएकै कारण उनले माओवादी केन्द्र त्यागेका उनले अन्य कुनै पार्टीमा प्रवेश गर्ने नगर्ने खुलाएका छैनन् तर निकट स्रोतका अनुसार अन्य कुनै पार्टीमा प्रवेश गर्ने मनसायमा उनी भएको बुझिएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।