आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

प्रहरी इन्स्पेक्टरलाई १ सय १ किलोको माला !


  • आइतबार, बैशाख ४ २०७९
9K
SHARES

पर्साको वीरगञ्जका स्थानीयले प्रहरी इन्स्पेक्टरलाई १ सय १ किलोको माला लगाएर बिदाई गरेका छन् । वडा प्रहरी कार्यालय विर्तामा इन्चार्जको रुपमा १९ महिना काम गरेका इन्स्पेक्टर राजेशराज पुरीलाई स्थानीयले आइतबार बिदाई गरेका हुन् ।

२०७८ चैत २४ मा प्रहरी प्रधान कार्यालयले उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ । वीरगञ्जस्थित वडा प्रहरी कार्यालय बिर्तामा कार्यरत रहँदा पुरीले २० जनाभन्दा बढी युवतीहरुलाई भारतबाट उद्धार गरेर नेपाल ल्याउन मुख्य भूमिका खेलेका थिए ।

भारतीय प्रहरीसँगको समन्वयमा उनले २ जना बालकलाई पटनाबाट उद्धार गरेका थिए ।

२०७४ मा इन्स्पेक्टर पुरी भारतको हैदाराबादस्थित सरदार बल्लभभाई पटेल नेशनल पुलिस एकेडेमीमा आयोजित १० महिना लामो आईपीएस तालिममा उत्कृष्ट भएका थिए । सो तालिमको दिक्षान्त समारोहमा उनले ‘स्वर्ड अफ अनर’ पाएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा