शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पल शाह प्रकरणः किशोरीका बुवाले पनि बयान फेरे


  • आइतबार, बैशाख ४ २०७९
6.6K
SHARES

काठमाडौँ– कलाकार पल शाहविरुद्ध जबरजस्ती करणीको उजुरी दिएकी नाबालिग किशोरीका बुवाले पनि बयान फेरेका छन्।

नाबालिगको तर्फबाट प्रहरीमा जाहेरी दिएका बाबुले आइतबार जिल्ला अदालत तनहुँमा गरिएको बकपत्रका क्रममा बयान फेरेको अदालत स्रोतले बताएको छ। बयानका क्रममा उनले शाहविरुद्ध दबाब र प्रभावमा परेर जाहेरी दर्ता गराएको बताएका छन्।

उनले आफ्नी नाबालिग छोरीमाथि शाहले पटक–पटक बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए।

यसअघि पीडित भनिएकी नाबालिग किशोरीले समेत शाहले आफूलाई करणी नगरेको भन्दै अदालतमा बयान फेरेकी थिइन्। बयानका क्रममा नाबालिगले अरुको उक्साहटमा परेर शाहविरुद्ध जाहेरी दिएको बताएकी थिइन्।

जाहेरीवाला नाबालिग र उनका बुवा दुवै जनाले बयान फेरेपछि अब यो प्रकरणले नयाँ मोड लिएको छ। कानुनअनुसार बयान फेरेको अवस्थामा अदालतले ६ वर्ष कैद गर्ने कानूनी व्यवस्था छ।

नाबालिगका बुवाले कलाकार पल शाहविरुद्ध फागुन ११ गते तनहुँ प्रहरीमा किटानी जाहेरी दिएका थिए। प्रहरीले किटानी जाहेरीको आधारमा फागुन १५ गते शाहलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि ती किशोरीले आफूमाथि पटक–पटक जबरजस्ती गरेको भन्दै गैंडाकोट प्रहरीमा समेत जाहेरी दिएकी थिइन्।

शाहले भने यसअघि तनहुँ अदालत र नवलपुर अदालतको बयानको क्रममा आफूमाथिको आरोप अस्वीकार गरेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा