शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

राष्ट्रिय परीक्षा बोर्डले तोक्यो एसईई परीक्षा हुने मिति


  • आइतबार, बैशाख ४ २०७९
16.7K
SHARES

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) बैशाख ९ गतेदेखि सञ्चालन गर्ने भएकाे छ । आउँदो शुक्रबारदेखि सुरु हुने परीक्षका लागि बोर्डले २ हजार ७ परीक्षा केन्द्र ताेकेकाे छ ।

विगत दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणिकरण गरेको बोर्डले यो वर्ष भने भौतिक रुपमा परीक्षा गर्न लागेको हो । परीक्षाको लागि प्रश्नपत्र, उत्तरपुस्तिका लगायत परीक्षा सामग्री ७७ ओटै जिल्लामा पुगिसकेको एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।

जिल्ला परीक्षा व्यवस्थापन समितिले एसईईका लागि केन्द्राध्यक्ष तोक्ने तथा प्रशिक्षण दिने काम गरिरहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । उनले भने ‘केन्द्राध्यक्ष तोक्ने, प्रशिक्षण दिने काम जिल्ला परीक्षा व्यवस्थापन समितिले गर्छ, गरिरहेको छ ।’

एसईई परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०७८ को एसईईमा कुल ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुनेछन् । यो वर्ष परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जनाएको छ ।

सामान्यतर्फ ११ हजार ६१५ विद्यालय र प्राविधिकतर्फ २९९ विद्यालयका विद्यार्थीहरु यो वर्ष एसईईमा सहभागी हुने छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा