शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एक-दुई दिनभित्र निर्णय भएको ठाउँमा तालमेल हुन्छ, अन्य ठाउँमा तालमेल हुँदैन : गगन थापा


  • आइतबार, बैशाख ४ २०७९
11.4K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक/दुई दिनभित्र जति ठाउँमा तालमेल नहुने स्थानलाई थप समय उपलब्ध नहुने बताएका छन् ।

‘अबको एक/दुई दिनभित्रमा जहाँ-जहाँ तालमेलको सम्भावना छ । त्यहाँ तालमेल हुन्छ । जहाँ सम्भावना छैन,त्यहाँ तालमेल हुँदैन’ बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा थापाले भने, ‘स्थानीय तहको मर्मविपरीत भएको छ । स्थानीय तहलाई दिएको अधिकार पनि खोसियो । एक्लै जाने तालमेल गर्ने तपाईंहरूले निर्णय गर्ने हो ।’
निर्णय गर्न सकिएन भनेर माथिल्लो तहमा नपठाउन उनले मातहतका कार्यसमितिलाई निर्देशन दिएका छन् । महामन्त्री थापाले यस विषयलाई शनिबारको केन्द्रीय समितिको बैठकमा पनि उठाएका थिए ।

‘तल तालमेल गर्ने कुरा मिले मिल्छ । तल तालमेल मिलेन भनेर माथि पठाउन हुँदैन । तालमेलको टुंगाउने अधिकार तल्लो तहलाई नै छ ।’ केही स्थानमा तालमेलमा असहमति भएपछि निर्णयाधिकार माथिलाई दिइएको छ ।

थापाले केन्द्रीय समितिबाट निर्णय गराएर मात्रै पार्टीका एजेण्डा गठबन्धनमा छलफल गर्नुपर्ने पार्टी बैठकमा उठाएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा