काठमाडौं । चौतर्फी प्रश्न उठेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले सूर्य रोज्नुको रहस्य र बाध्यता खोलेको छन् । थापाले आफ्नो पार्टीको चुनाव चिन्हबारे जनतालाई बुझाउन अप्ठ्यारो परेपछि सूर्य चिन्ह रोजिएको बताएका हुन् ।
शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘हाम्रो पार्टी नयाँ भएका कारण चुनाव चिन्हबारे जनतालाई कम ज्ञान छ, त्यसैले अहिले सूर्य चिन्ह लिएर चुनाव लड्न लाग्यौं ।’
आफु नेतृत्वमा रहँदा १५ वर्षमा कमाएको आम्दानीले अहिलेको राप्रपा चलिरहेको टिप्पणी गर्दै उनले उक्त पार्टीमा सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएपछि नयाँ पार्टी पुनर्जागृत भएको दाबी गरे ।
अध्यक्ष थापाले नेपालमा अब राजसंस्था पुनःस्थापनाको सम्भावना नभएको समेत बताए । उनले पार्टी स्थापनाको दुई महिनाको छोटो अवधिमा ७७ जिल्लामा पार्टीगत संरचना निर्माण भएको बताउँदै आधा दर्जन बढी भ्रातृ संगठन निर्माण गरिएको बताए ।
आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालले सम्मानजनक उपस्थिति जनाउने समेत उनले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।