जनकपुरधाम – निर्वाचन आयाेगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनको मिति तलमाथि गर्न नहुने बताएका छन् । यसो गरिए देश दुर्घटनामा जाने उनले चेतावनी दिए ।
शनिबार जनकपुरधाममा आयोजित स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखिकरणलाई सम्बोधन गर्दै थपलियाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताए । निर्वाचनको तयारी भइरहँदा निर्वाचन प्रती संशय उत्पन्न हुने किसिमको अभिव्यक्ति आउनु दुःखद भएको बताए ।
कुनै तरिकाले निर्वाचन सार्ने काम गरिए दुर्घटना निम्तिन सक्ने र लोकतन्त्रका निम्ति अप्रिय हुन सक्ने उनको भनाइ छ । निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले हुने बताउँदै उनले आचारसंहितको उल्लंघन नगर्न आग्रह गरे । ‘निर्वाचन आचारसंहिताको उलंघन गर्नेलाई कारवाही हुन्छ’ प्रमुख आयुक्त थपलियाले भने, ‘केहीसँग स्पष्टीकरण समेत सोधिसकिएको छ ।’
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई निर्वाचनमा सहभागी गराउन सरकारले जोडबल गरिरहेको छ । निर्वाचनमा सहभागी हुनका लागि नेकपाले तीन बुँदे सहमति कार्यान्वयन, दल दर्ताका समय दिन पर्ने र मतदाता नामावली खाल्न पर्ने सर्त राखेको छ । निर्वाचनको मिति सार्दा मात्रै नेकपाका केही मागहरुको सम्बोधन हुने आयोगकै भनाई थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।