शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

युद्धको ५० औँ दिनमा राष्ट्रपति जेलेन्स्कीले गरेको सम्बोधनको विश्वभर चर्चा, के भने त्यस्तो ?


  • शुक्रबार, बैशाख २ २०७९
9.6K
SHARES

किभ– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको युद्धको ५० दिन पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै युक्रेनलाई बचाउनेहरूलाई सम्मान गरेका छन् ।

युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रुससँग युद्धको ५० औँ दिन पूरा हुँदा देशलाई सम्बोधन गर्दै युक्रेनलाई बचाउनेहरु सबैलाई सम्मान दिएका छन् । जेलेन्स्कीले भने, ‘बहादुर देशका अडिग जनता ।

हामी ५० दिनदेखि डटिरहेका छौँ जबकी कब्जा गर्नेहरुले हामीलाई पाँच दिनको समय दिएका थिए ।’ उनले थुप्रै पश्चिमी नेतासँग कुराकानी र बैठकलाई स्मरण गर्दै भने, ‘यी ५० दिनमा मैले दुनियाँका थुप्रै नेतालाई भिन्न भिन्न तरिकाले हेरेँ ।

उनले थपे, ‘राजनेताले आफूसँग कुनै शक्ति नै नभए जस्तो गरी व्यवहार गरिरहेको मैले देखेँ । मैले गैर राजनीतिक व्यक्ति देखेँ जसले ५० दिनमा तिनीहरुले भन्दा बढी गरे जसले नेतृत्वको दाबी गर्छन् ।’ उनले थपे, ‘रक्षा गर्ने ५० दिन हाम्रो लागि उपलब्धिमूलक छ । यो युक्रेनका लाखौँ जनताको उपलब्धि हो । यो ती सबैको उपलब्धि हो जसले २४ फेब्रुअरीमा आफ्नो जीवनको महत्वपूर्ण निर्णय लिए । एजेन्सी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा