शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

एटीएम ह्याकिङ प्रकरणः ३ जना मनी एक्सचेन्ज सञ्चालक पक्राउ


  • बुधबार, भाद्र १८ २०७६
22.9K
SHARES

नेपालका बैंकहरुको एटीएम ह्याक गरी रकम झिक्ने चिनियाँ नागरिकले पैसा साट्न प्रयोग गरेको दुई मनी एक्सचेन्जका सञ्चालक पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपालय मनी एक्सचेन्ज र डेक्सो मनी एक्सचेन्जका सञ्चालक रहेका छन् । डेक्सो मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपाल मनी एक्‍सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडीलाई पक्राउ गरेको प्रहरीले जानकारी गराएको छ ।

काठमाडौंको बै‌ंकको एटीएम ह्याक गरी रकम लुट्ने गिरोहका सदस्यमध्ये फरार रहेकाहरुले ठमेलमा रहेको ती दुई मनी एक्सचेन्जबाट २९ लाख ९९ हजार नेपाली रुपैयाँ साटेर २५ हजार ८ सय ६२ अमेरिकी डलर लिएका थिए ।

उनीहरुलाई गैरकानुनी रुपमा सटही गरेको २९ लाख ९९ हजार रुपैयाँसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र वोगटीले जानकारी दिए ।

प्रहरीले एटीएम ह्याकिङ प्रकरणमा फरार रहेका ३ जना चिनियाँ नागरिकमध्ये एक जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनिया मूलका फ्रान्सेली नागरिक जु लुक ली रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा