शनिबार, साउन ९ २०८३
ताजा अपडेट

आज मेघ गर्जन र चट्याङ्गसहित देशभर वर्षा हुने सम्भावना, सतर्कता अपनाउन सुझाव


  • बुधबार, भाद्र १८ २०७६
22.9K
SHARES

१८ भदौ, काठमाडौं ।

आज देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । कतैकतै भारी वर्षासमेत हुने अनुमान छ ।

मनसुनी रेखा नेपालको पश्चिमी भूभागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास रहेको तथा बंगालको खाडीको उत्तर-पश्चिम भागमा विकसित न्युन चापीय प्रणालीका कारण देशभर मेघ गर्जनसहित हल्कादेखि मध्ययम वर्षा भइरहेको छ ।
मौसम विज्ञान विभागले जारी गरेको बुलेटिनमा लेखिएअनुसार हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना बुधबार, बिहीबार र शुक्रबार पनि छ । यसको प्रभावले पहाडि भु-भागमा पहिरोको जान सक्ने, हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने र नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
बाढी पूर्वसूचना केन्द्रले गएराति २ बजे ट्वीट गरेर सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे र आसपासको स्थानमा भारी वर्षा मापन भएको र भोटेकोशी बाह्रबिसेमा जलसतह करिब १ मिटर बढेको उल्लेख गरेको छ ।

साना खोलामा आकस्मिक बहाव हुनुको साथै सिन्धुपाल्चोकको कोदारी राजमार्ग र आसपास पहिरो जान सक्ने भएकाले यात्रामा सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा