शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काठमाडौंको मेयरका लागि एमालेले टुंगो लगायो यी नाम, को-को परे ?


  • बिहिबार, बैशाख १ २०७९
8.8K
SHARES

१ बैशाख, काठमाडौं ।

नेकपा (एमाले) ले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ।एमाले महानगर कमिटिको बुधबार बसेको बैठकले पाँच जनाको नाम केन्द्रलाई सिफारिस गरेको हो।

काठमाडौं मेयर उम्मेदवारमा सिफारिस हुनेहरुमा विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मल देउला र इन्दिरा पन्त छन्।मेयर सिफारिसमा परेका विद्यासुन्दर शाक्य अहिले पनि मेयर छन्।

त्यस्तै केशव स्थापित पूर्वमेयर हुन्। रामवीर मानन्धर पूर्वमन्त्री हुन्।

त्यसैगरी उपमेयरका लागि पनि एमालेले पाँच जनाको नाम सिफारिस गरेको छ। रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्ले, शान्ति अधिकारीको नाम सिफारिस गरेको छ।

उपमेयरमा सिफारिश रत्न गुरुङ संविधान सभा सदस्य हुन्, त्यस्तै शान्ति अधिकारी अनेमसंघकी महासचिव हुन्।

उनी एमाले पूर्वअध्यक्ष मनमोहन अधिकारीकी बुहारी पनि हुन्। महानगर कमिटीले सिफारिस भएका नामबाट जिल्ला कमिटी हुँदै स्थायी कमिटीले उम्मेदवार तोक्नेछ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा