काठमाडौँ – आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच दलिय गठबन्धन जसरी पनि एमाले हराउ अभियानमा लागेको छ । केन्द्रमा एमाले हराउ अभियान चलाएपनि स्थानीय तहमा भने त्यसको उल्टो भएको छ । गठबन्धन तोड्दै नेपाली कांग्रेस जितपुरसिमरा उपमहानगरपालिकार्ले एक्लै चुनाव लड्ने निर्णय गरेको छ ।
जितपुरसिमरा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रलाई प्रमुख पद दिएर तालमेल हुने ठहर गर्दै काँग्रेसले एक्लै निर्वाचनमा जाने निर्णय गरेको हो । नेपाली काँग्रेस बारा क्षेत्र नं.४ (क) र जितपुरसिमरा उपमहानगरपालिका समितिले बैठक नै बसेर गठबन्धन गरेर नभई एक्लै चुनाव लड्ने निर्णय गरेको हो ।
काँग्रेस ४ (क) का सभापति सुमनकुमार भट्टराईले काँग्रेस एक्लै चुनाव लड्न सक्षम भएकाले गठबन्धन भन्दा पनि एक्लै चुनावमा जाने निर्णय गरेको बताए । काँग्रेसले कार्यकर्ताको भावनालाई सम्मान गर्दै आगामी निर्वाचनमा कुनै दलसँग तालमेल नगरी एक्लै चुनावमा जानुपर्ने भन्दै सोही अनुसार निर्णय गरेको जितपुरसिमरा नगर समितिका सभापति छविलाल शर्माले बताए ।
गठबन्धनको नाममा अर्को दलको उम्मेदवारलाई स्विकार गर्न नसकिने भन्दै शर्माले पार्टीको अस्तित्व जोगाउन एक्लै निर्वाचनमा जाने तयारी भएको उनले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।