शनिबार, साउन ३० २०८३
ताजा अपडेट

निर्वाचन सार्ने षड्यन्त्र भइरहेको छ : एमाले अध्यक्ष ओली


  • बुधबार, चैत्र ३० २०७८
11K
SHARES

फाइल तस्विर

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

बुधबार मोरङको विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘स्थानीय तहको निर्वाचन नगर्न षड्यन्त्र भइरहेको छ । यस्ता षड्यन्त्रलाई अदालतले पनि मान्नु हुँदैन, निर्वाचन अयोगले पनि मान्न हुँदैन ।

उनले देश टाट उल्टिने अवस्थातर्फ गएको समेत बताएका छन् । देशको अर्थतन्त्र अत्यन्त भयावह अवस्थातर्फ गइरहेको भन्दै उनले भने, ‘हाम्रै अगाडि श्रीलंकाको उदाहरण छँदैछ ।

श्रीलंका अत्यन्त अफ्ठ्यारो अवस्थामा पुगेको छ, नेपाल त्यता जाँदैन भन्न सकिंदैन ।’ यस्तो अवस्थामा पाँचदलीय गठबन्धनले भने देशलाई अझ अस्थिरतातिर लैजाने षड्यन्त्र गरिरहेको ओलीको आरोप छ ।

वर्तमान सरकारले देशको अर्थव्यवस्था ध्वस्त बनाएको समेत ओलीको दाबी छ । अहिलेको सरकारले जनहितमा समेत काम गर्न नसक्ने बताउँदै आगामी निर्वाचनमा एमाले पार्टीले बहुमत ल्याउने र जनताको हितमा काम गर्ने ओलीको भनाई थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा