शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

पुष्पराम केसी सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्त


  • बुधबार, चैत्र ३० २०७८
11.7K
SHARES

फाइल तस्विर

सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक(आइजीपी)मा पुष्पराम केसीलाई नियुक्त गरेको छ । बुधबार बिहान बसेको मन्त्री परिषद् बैठकले केसीलाई सशस्त्र प्रहरीको महानिरीक्षक बनाउने निर्णय गरेको हो।

अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी वरीयतामा अगाडी थिए । उनी नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएर पछि सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन् । पुष्पराम केसी कार्य तथा सीमा सुरक्षा विभागको प्रमुख थिए । उनी २०७९ वैशाख १८ मा अवकाशमा जाँदैछन् ।

केसीले गत चैत २८ गते सशस्त्र प्रहरी बलको निमित्त महानिरीक्षकको जिम्मेवारी पाएका थिए । शैलेन्द्र खनाल २०७४ चैत २९ बाट चार वर्ष सशस्त्रको आईजीपी भए । उनको अवकाशसँगै उनकै ब्याचका केसी र रामशरण पौडेल आईजीपीका प्रतिस्पर्धी थिए ।

गृहमन्त्री बालकृष्ण खाँणले केसीलाई महानिरीक्षक बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालले अवकाश पाएसँगै केसी महानिरिक्षकमा नियुक्त भएका हुन् । केसीले पनि उमेर हदका कारण यही वैशाख १९ गते अनिवार्य अवकाश पाउँदैछन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा