शनिबार, साउन ९ २०८३
ताजा अपडेट

महाकालीदेखि हिडेरै झापा पुगे देवराज


  • मंगलबार, चैत्र २९ २०७८
10.1K
SHARES

झापा – पछिल्लो समय बढ्दै गएको भ्रष्टाचार, राष्ट्रघाती एमसिसी सम्झौता र आसन्न स्थानीय निर्वाचनको विषयलाई समेट्दै महाकालीबाट काँधमा हलो र जुवा बोकेर पैदल यात्रा शुरु गरेका कैलाली गौरिगंगा गाउँपालिका वडा नम्बर ४ का ३६ वर्षीय देवराज उपाध्यायले २८ औँ दिनमा आफ्नो यात्रा पूरा गरेका छन्,।

नेताहरूले युवालाई गोरु बनाएर विदेशमा बेचेको , कृषि प्रधान देशमा किसानहरुको मर्का नबुझेको, राष्ट्रघाती एमसिसी सम्झौता गरेको भन्दै काँधमा हलो र जुवा सहित राष्ट्रिय झन्डा बोकेर उपाध्यायले चैत १ गतेदेखि पश्चिम सिमानामा गड्डाचौकिबाट पुर्वको मेची सिमाना सम्मको यात्रा थालेका थिए।

आज सोमबार बिहान ११ः ५५ मा उनले पुर्वी सिमानाका स्थित मेची पुलमा आएर यात्रा समापन गरेका हुन्,। काँधमा हलो र जुवा सहित शरिरमा एमसिसी मुर्दावाद, एमसिसी फिर्ता गर, देश बेच्न पाइँदैन , राष्ट्रघाती चोर देश छोड, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नारा सहितको ब्यानर बोकेका थिए।

कैलालीकै एक होटलमा मजदुरी गर्ने उपाध्यायले देश दुखेको हेर्न नसकेर र नेताहरूले एमसिसी जस्तो राष्ट्रघाती सम्झौता पारित गरेका कारण आफुले देशभक्त माझ सन्देश दिन यो यात्रा शुरु गरेको पत्रकारहरु माझ जानकारी दिए।

आफ्नो यात्रा समापन गर्दै उनले सत्ता सञ्चालकहरुले देशलाई कंगाल पारेको भन्दै आसन्न निर्वाचनमा जनताको समस्या समाधान गर्ने देशभक्त युवाहरुलाई निर्वाचित गराउन समेत सबैमाझ अपिल गरेका छन्।

अब केहि दिनमै थानकोट बाट चक्रपथ हुँदै बानेश्वर स्थित संसद भवन पुगेर उक्त हलो र जुवा सभामुखलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको उपाध्यायले बताए । संसद भवनमा उक्त हलो र जुवा राखेपछि नेताहरूले किसानको समस्या बुझ्ने अपेक्षा रहेको बताए । जनतालाई हलि बनाउने नभएर नेताहरु जनताको हली हुनुपर्ने उनको माग छ।

उपाध्यायलाई काकडभिट्टामा स्वागत गर्दै युवा समाजसेवी बालकृष्ण थापा,विभित्र सञ्चारमाध्यमका सञ्चारकर्मीहरु लगायतको टोलीले खदा र माला लगाएर सम्मान गरेको थियोे । समापन कार्यक्रममा जिल्लाका सञ्चारकर्मी ,प्रहरी , स्थानीय र बुद्धिजीवीहरुको उपस्थिति रहेको थियोे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा