राष्ट्रियसभा सदस्य नारायण दाहालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफू एकैदिन पार्टीमा पूर्णकालीन होलटाइमर भएर हिँडेको बताएका छन् ।
आफू निरन्तर पार्टी काममा रहेको उल्लेख गर्दै उनले प्रचण्डलाई जोडेर आफ्नो विरोध हुने गरेका कारण आफूले पार्टीबाट धेरै अवसरहरू गुमाउनु परेको बताए ।
मंगलबार पद तथा गोपनीयताको शपथ दिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘म मेरो हैसियतको कुरा गर्दाखेरी अध्यक्ष र म एकैदिन होलटाइमर भएर हिँडेको । म निरन्तर पार्टीमा छु । निरन्तर काम गरेको छु । मेरो त दाबी के हो भने यस्तै बाहिरका कुराहरूले गर्दा मैले पाउनुपर्ने जति अबसरहरु गुमाउनु परेको छ बरु ।’
प्रचण्डको परिवारमा छोराछोरीदेखि सबै र आफ्ना पनि छोरा, बुहारी, श्रीमती सबै हामी युद्धमै रहेको उल्लेख गर्दै भने, ‘दश वर्षको जनयुद्धमा हामी आफूलाई सम्पूर्ण रुपमा समर्पित भएर हिँडेकाहरूलाई अब अहिले आएर यो कुरा भन्ने कुरा त तुक त छैन । तैपनि यसलाई हामीले त्यही ढंगले सम्झाउने, बुझाउने गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
दाहालले देशको राष्ट्रियता, स्वाधीनता र राष्ट्रिय अखण्डताको लागि आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने पनि बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।