शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेकपा एसको चुनावी एजेण्डा : खानेपानी र २०० युनिट बिजुली निःशुल्क


  • मंगलबार, चैत्र २९ २०७८
11.5K
SHARES

तस्विरः फाइल

नेकपा एकीकृत समाजवादी पार्टीले ‘निःशुल्क खानेपानी, सुखी जिन्दगानी’लाई चुनावी एजेण्डा बनाएको छ।

यसअन्तर्गत पानीको सुविधा पुगेका पालिकाका हरेक घर–परिवारलाई मासिक दश हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने भनिएको छ । खानेपानी नपुगेका स्थानमा खानेपानीको सुविधा पुर्‍याइने पनि स्थानीय तह निर्वाचन घोषणापत्र– २०७८ को मस्यौदामा उल्लेख छ ।

हरेक घर परिवारमा खानेपानी पुर्‍याउने काम स्थानीय सरकारको उच्च प्राथमिकता हुने र सोहीअनुसार बजेटको प्राथमिकता प्रतिबद्धता घोषणापत्रमा छ ।

हरेक पालिकामा युवा विभाग, हरेक वडामा खेल मैदान, संरक्षित कृषि बजार, प्रत्येक घर–परिवारलाई २०० युनिट निःशुल्क बिजुली, सामुदायिक विद्यालयको सुधार, निःशुल्क आधारभूत स्वास्थ्य उपचारलगायतका एजेण्डा पनि घोषणापत्रमा समेटिएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले स्थानीय चुनावमा आफ्नो पार्टीले हैसियत देखाउने कुरा यस अघि नै बताइसकेका छन् । आगामी चुनावमा पार्टीलाई जनताको सामु बलियो उपस्थिति गराउने उद्देश्य सहित एजेन्डा तय गरेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा