आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

यस्तो कारण देखाउदै बैशाख ३० को चुनाव सार्न सत्ता गठबन्धन भयो तयार


  • मंगलबार, चैत्र २९ २०७८
11.9K
SHARES

फाइल तस्विर

काठमाडौं — वैशाख ३० को स्थानीय निर्वाचन सार्न सत्ता गठबन्धन तयार भएको खबर सार्वजनिक भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी निर्वाचनमा सहभागी भए चुनाव सार्न सत्ता गठबन्धन तयार रहेको बताएका हुन्।

कार्यकर्ता प्रशिक्षणका लागि सोमबार यहाँ आएका अध्यक्ष नेपालले विद्रोही विचार बोकेको एउटा समूह शान्तिपूर्ण राजनीतिमा आउनु मुलुककै लागि फाइदाजनक भएको दाबी गरे ।

चुनावको मिति सार्ने हल्ला छ, गठबन्धन सरकार त्यो स्थितिमा पुगेको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘अहिलेका लागि ३० गते नै निर्वाचन हुन्छ भनेर एकलव्य भएर सोच्नुस् । उहाँलाई (चन्द समूह) स्वागत छ । विप्लवजी आउनुभयो भने हाम्रै निर्णयले रोकिएको रहेछ भने गठबन्धनका सबै साथीहरु तयार हुनुहुन्छ । विप्लव समूहलाई समावेश गर्ने कुरा आयो भने राम्रो हुन्छ ।’

संविधान, लोकतन्त्र र संघीयताको रक्षार्थ गठबन्धन सरकार जन्मिएको बताउँदै नेता नेपालले आगामी संसदीय निर्वाचनपछि बन्ने सरकारसमेत गठबन्धनकै हुने जिकिर गरे ।

‘ओली सरकारले संविधान खान खोज्यो, लोकतन्त्र सिध्याउन खोज्यो, संघीयता मास्न खोज्यो र सुशासनलाई समाप्त गरेर कुशासनमा देशलाई चुर्लुम्म डुबाउन खोजेका कारणले गठबन्धन आवश्यक परेको हो,’ उनले भने, ‘अहिले अर्थतन्त्र जुन अवस्थामा पुगेको छ । त्यो ओली नेतृत्वको सरकारका कारणले हो ।’ चुनावी गठबन्धन गर्दा आफूहरूले अघिल्लो निर्वाचनमा एमालेले जितेका ठाउँ मागेको उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा