शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

गभर्नर प्रकरणमा प्रधानमन्त्री देउवाको नसोचेको प्रतिक्रिया


  • सोमबार, चैत्र २८ २०७८
8.2K
SHARES

फाइल तस्विर

काठमाडौंं । नेपाल राष्ट्र बैंकको गभर्नर प्रकरणमा प्रधानमन्त्री शेर बहादुर देउवाको पहिलो अभिव्यक्ती सार्वजनिक भएको छ । प्रधानमन्त्री देउवाले यो प्रकरणमा दिएको अभिव्यक्तीलाई धेरैले नसोचेको प्रतिक्रिया भनेका छन् ।

अर्थमन्त्री शर्मालाई केही समय अघि हटाउन चाहेका देउवाले अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरलाई कारबाही गर्नु परेको स्पष्टीकरण दिएपछि धेरैले आश्चर्य व्यक्त गरिरहेका छन् । सरकारले शुक्रबार गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति बनाएको थियो ।

त्यससँगै अधिकारी स्वतः निलम्बनमा परेका छन् । गभर्नरमाथि थालिएको कारबाहीको चौतर्फी आलोचना भएको छ । सोमबार सत्तारुढ दलहरुको बैठकमा नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थतन्त्रको संकट र गभर्नरमाथि थालेको कारबाहीबारे प्रश्न गरेका थिए ।

प्रधानमन्त्री देउवाले भने अर्थमन्त्रीलाई असहयोग गरेका भनेको कारण कारबाही गरेको बताएका छन् । उनका अनुसार आफूलाई काम गर्न नदिएको र आफूले गरेका सबै काममा असहयोग गरेको अर्थमन्त्रीको गुनासो थियो ।

सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री देउवाले भनेका छन्, ‘अर्थमन्त्रीजीले मलाई गभर्नरले एकदम धेरै असहयोग ग¥यो भन्नुभयो । यस्तो बेलामा गभर्नरले सहयोग त गर्नुप¥यो नि !’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा