शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

हाम्रो अर्थतन्त्रमा ठूलो संकट आएको छैन: अर्थमन्त्री शर्मा


  • सोमबार, चैत्र २८ २०७८
9.3K
SHARES

फाईल तस्बिर

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताएका छन्। उनले अर्थतन्त्रलाई लिएर यसैमा राजनीतिकरण गर्न नहुने बताए।

तथ्यांक र अवस्था हेर्दा नेपालको अर्थतन्त्रमा कुनै ठूलो संकट नआएको उनको भनाइ छ। तथ्यांक र अवस्था हेर्दा हाम्रो अर्थतन्त्रमा कुनै ठूलो संकट आएको छैन,’ अर्थ मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै उनले भने, ‘जसरी यहाँ ठूलो संकट आयो, देशमा के-के न हुन्छ भनिएको छ। त्यस्तो होइन। अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्छ, राजनीतिकरण गर्न हुन्न।

उनले अर्थतन्त्रलाई लिएर राजनीति गर्दा देशलाई फाइदा नपुग्ने बताए। ‘व्यवसायी र जनतालाई हतोत्सायी गर्ने खालका प्रचारबाजी भइरहेको छ, त्यो नगर्न अपिल गर्छु,’ उनले भने, ‘ठूलो संकटमा गयो भनेर प्रचार गरिएको छ त्यो उपयुक्त छैन। हामी सतर्क हुनुपर्ने अवस्था छ, यसतर्फ मन्त्रालयले नीतिगत कदम चालिसकेको छ।’

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आइतबार पत्रकार सम्मेलन गर्दै अर्थतन्त्र बिग्रदो अवस्थामा रहेको आरोप लगाएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा