नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसहरुको सन्कीपनले देशको नीतिहरु भाँडिएको आरोप लगाएका छन् ।
सोमवार काठमाडौंमा चैत्र २७ गतेबाट सुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् । उनले अहिले देशमा विदेशी मुद्राहरुको सञ्चिति घटिरहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने बताए ।
एमाले सचिव भट्टराईले नेपाललले अहिले विदेशी मुद्रा आयात गर्ने भन्दा स्वदेशी मुद्रालाई बाहिर पठाइरहेको पनि बताए । उनले नेपालमा शिक्षा र स्वास्थ्यमा भएको नियोजनका कारण नेपाली विद्यार्थीहरु विदेश पलायन भइरहेको बताए ।
उनले भने, ‘आज शिक्षा, स्वास्थ्यमा भएको नियोजनले हाम्रा कतिपय विद्यार्थीहरु पढ्नको लागि विदेश पलायन भइरहेका छन् । त्यसले हाम्रो मुद्रा कति बाहिरिरहेको छ । के हामीले यसको कुनै आँकलन गरेका छौँ ?’केही निहित मान्छेको सन्कीपनले गर्दा नै देशको नीतिहरू भाँडिएको उनको दाबी थियो ।
वर्तमान समयमा नेता भट्टराई मौन रहँदै आएका छन् । स्थानीय चुनाव नजिकिँदै जाँदा भट्टराई ले सक्रियता देखाउन सुरु गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।