आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

लालबाबु पण्डित मेयरबाट पनि आउट !


  • आइतबार, चैत्र २७ २०७८
5.9K
SHARES

फाइल तस्विर

पुर्ब सामान्य प्रशासन मन्त्री तथा एमाले नेता लालबाबु पण्डित बिराटनगरका मेयरबाट पनि आउट भएका छन् । संघीय सरकारमा पटक-पटक मन्त्री भैसकेका पण्डितलाई एमालेले मेयरको टिकटमा सिफारिससम्म पनि गरेन ।

यसअघि उनी विराटनगर महानगरपालिकाको मेयर बन्ने दौडमा थिए । संघीय सरकारमा मन्त्री भएर काम गरिसकेको अनुभवसमेतका आधारमा आफूले टिकट पाउनुपर्ने उनको दावी थियो । तर शनिवार अबेरसम्म बसेको एमाले महानगर कमिटीको बैठकले सागर थापासहित पाँच जनाको नाम सिफारिस गरेको छ ।

जसमा केन्द्रीय सदस्य रामलाल साह,मोरङ जिल्ला पार्टी उपाध्यक्ष बाबुराम कार्की,प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेर पठाईएको छ ।

पार्टीमा सिनियर भएर पनि पण्डितसँगै बिनोद ढकाल र प्रदेश १ का पूर्वमन्त्री जीवन घिमिरे भने सिफारिसमा परेनन् । उनीहरु तीनै जना उम्मेदवारको आकांक्षी थिए। यसअघि एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको केन्द्रीय सदस्यको सूचीमा आफ्नो नाम नपरेपछि वीचमै चितवनबाट निस्किएका पण्डितले पार्टी छोडेको घोषणा गरेका थिए ।

पछि मनोनित कोटाबाट केन्द्रीय कमिटीमा पुगेका उनी मेयर बन्ने तयारीका साथ विराटनगर झरे । रिक्सा चढेर घरदैलो अभियानमा हिँडेको फोटो सार्वजनिक गर्दै उनले भोट माग्न शुरु गरिसकेको सन्देश पार्टी नेतृत्वलाई दिएका थिए । तर, पार्टीले उनलाई पत्याएन । एमालेमा उनी तत्कालीन माधव नेपाल समूहका नेता हुन् । नेपालकै कोटामा उनी दुई पटकसम्म मन्त्री बनेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा