२७ चैत्र, काठमाडौँ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अनुरोधमा अस्ट्रेलियाले युक्रेनमा सशस्त्र सैन्य ट्रकहरु पठाएको छ ।
रुसी हमलाविरुद्ध सशक्त प्रतिकार गर्न युक्रेनलाई २० ओटा सैन्य ट्रक पठाउने प्रतिबद्धता अनुसार अस्ट्रेलियाले तीन ओटा ट्रकहरु पठाएको हो ।
अस्ट्रेलियालले पठाएका शक्तिशाली बुसमास्टर युद्धग्रस्त क्षेत्रमा सेना र सर्वसाधारण पठाउन परियोग गरिनेछ । तर, तिनिहरुलाई आक्रमक हमलाका लागि भने प्रयोग गरिने छैन् ।
जेलेन्स्कीले गत साता अस्ट्रेलियाको संसद्लाइ भिडियो सम्बोधन गरेका थिए । युक्रेनलाई गरेको निरन्तर सहयोगप्रति जेलेन्स्कीले अस्ट्रेलियालाई धन्यबाद दिएका थिए ।
रुसी हमला सामना गरिरहेको युक्रेनले विभिन्न देशहरुसँग सैन्य सहयोग मागेका छन् । उनले विभिन्न देशका संसद्लाई भर्चुअल माध्यममार्फत् सम्बोधन गर्दै आएका छन् । अस्ट्रेलियाले युक्रेनलाई सैन्य तथा मानवीय सहायता स्वरुप १९० मिलियन अस्ट्रेलियाली डल प्रदान गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।