शनिबार, साउन ९ २०८३
ताजा अपडेट

भरतपुर महानगरमा एमालेले टुंगायो उम्मेदवार, देवी ज्ञवाली के भए ?


  • आइतबार, चैत्र २७ २०७८
6.7K
SHARES

चितवन । अघिल्लो स्थानिय तह निर्वाचनमा माओवादी केन्द्रकी रेणु दाहालसंग मेयरमा पराजित भएपनि एमालेवाट उम्मेदवार बनेका देवी ज्ञवालीको निकै धेरै चर्चा भयो । अहिले फेरी भरतपुर महानगरमा उनको उम्मेदवारीको चर्चा चलेको थियो । तर एमालेले भरतपुर महानगरपालिकाको मेयरमा प्रदेश सांसद विजय सुवेदीलाई उठाउने भएको छ।

एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको उपस्थितिमा आइतबार बसेको एमाले महानगर कमिटीको विस्तारित बैठकले महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो।

महानगरको मेयरमा सुवेदीलाई सर्वसंगत ढंगले उम्मेद्वार बनाउने घोषणा गरिएको देवी ज्ञवालीले बताए। मेयरको उम्मेद्वारमा सुवेदीलाई निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका हुन्।

महानगरको मेयरको उमेदवारमा देवी ज्ञवालीको पनि चर्चा थियो। २०७४ को चुनावमा माओवादी केन्द्रकी रेणु दाहालसँग पराजित भएका ज्ञवालीले यस पटक विजय सुवेदीलाई नै मेयरको उमेदवारमा प्रस्ताव गरेका हुन्। उपमेयरको उमेदवारको घोषणा गरिएको छैन। उपमेयरमा एमालेले राप्रपासँग तालमेल गर्ने तयारी गरेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा