शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

गठबन्धन नमान्नेले पार्टी छोडेहुन्छ भन्ने प्रकाशमान फेरी बोले !


  • आइतबार, चैत्र २७ २०७८
12.3K
SHARES

फाइल तस्विर

आसन्न निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बिषयमा सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्र विवाद रहेका बेला नेता प्रकाशमान सिंह भने गठबन्धन बनाउँन दिलो ज्यानले लागेका छन् ।

केहि दिन अघि मात्रै एक सार्वजनिक कार्यक्रममा गठबन्धनको विरोधी अभिव्यक्ति दिइरहेका नेताहरु प्रति लक्षित गर्दै कठोर अभिव्यक्ति दिएका थिए । गठबन्धन नमान्नेले काग्रेसमा छोडेर गए हुन्छ भनेर रुखो टिप्पणी गरेका सिँहले फेरी अर्को अभिव्यक्ति दिएका छन् ।

काँग्रेसनेता सिंहले तीनवटै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायमै राखेर जानुको विकल्प नरहेको बताएका छन् । संविधानलाई जोगाएर लैजानका लागि पनि संघ, प्रदेश र स्थानीय तहको चुनावसम्म गठबन्धन कायमै राखेर अघि बढ्नुपर्ने काँग्रेस नेता सिंहको भनाई छ ।

शनिबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले निर्वाचन जित्ने हो भने सिंगो पार्टी पंक्ति एकतावद्ध हुनुपर्ने आवश्यक्ता पनि औंल्याए । निर्वाचनमा जाँदा कम्युनिष्टहरुले मौका पाउँदाखेरी त्यसलाई सदुपयोग गर्न नसकेको सन्देश जनतामा लैजानुपर्ने नेता सिंहको भनाई छ ।

उनले भने, ‘कम्युनिष्टहरूलाई मौका दिँदाखेरी त्यो मौकाको कम्युनिष्टहरुले सदुपयोग गर्नै सकेनन् । अव सिम्पल भाषामा भन्ने हो भने शान्ति प्रक्रिया त नेपाली काँग्रेसले प्रारम्भ गरेको हो नि त । हाम्रा आदरणीय नेता गिरिजाप्रसाद कोइरालाले गर्नुभएको हो नि त ।

तर म्यान्डेट कम्युनिष्टहरुले पायो । चार–चार पटक कम्युनिष्ट नेताहरु प्रधानमन्त्री बने तर प्रथम संविधानसभाबाट संविधान त जारी भएन । जनताले म्यान्डेट दिँदा काम गर्न नसक्ने कम्युनिष्टहरू नै हुन् । यिनीहरुले जनताको पक्षमा, राष्ट्रको हितका पक्षमा काम गर्न सक्दैनन् भनेर आगामी निर्वाचनमा म्यासेज दिन सक्नुपर्छ भन्ने मलाई लागेको छ ।’

उनले तीनै तहको निर्वाचनमा सत्ता गठबन्धन रहनुपर्ने बताउँदै भने, ‘तीनवटै तहको निर्वाचन सम्पन्न हुँदैछ । संविधान जोगाउनका लागि यो गठबन्धन आवश्यक भएको हुनाले काँग्रेसले अहिले पनि स्थानीय निर्वाचनमा पनि पनि औचित्य र आवश्यकताको आधारमा गठबन्धन गरेर जाने भनेको हो । यसमा सिरियस हुन जरुरी छ ।’

काँग्रेस नेता सिंहले ओली नेतृत्वको सरकारले संविधानमाथि नै प्रहार गर्न थालेपछि पार्टी सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व लिनका लागि आफूहरुले अग्रसर गराएको पनि बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा