शनिबार, साउन ९ २०८३
ताजा अपडेट

भगवान् गणेशको दर्शन गरी राशिफलबाट दिनको सुरु गर्नुहोस्


  • आइतबार, चैत्र २७ २०७८
13.3K
SHARES

फाईल तस्बिर

आज – २७ चैत्र २०७८ आइतवार को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले अनुहारमा चमक र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ, तर भीडभाडबाट बचेर हिँड्नु होला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइन सक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनसक्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग पनि देखिन्छन् ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन खिन्न हुने स्थिति आउनसक्छ । खानपानमा ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कमको योजना बन्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । सामाजिक कार्यमा सफलता हात पर्ला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अनुहारमा चमक र मन प्रसन्न रहला । घरमा शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । व्यावसायिक नयाँ योजना बन्नेछन् ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नाक तथा घाँटीमा समस्या आउला । राजनैतिक कार्यमा बाधा आउनेछ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । प्रविधि मार्फत आफन्तसँग भेटघाट हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज प्राविधिक कार्यमा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । प्रेम, मित्रता र दाम्पत्य सुखले प्रफुल्लित भइनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्य सम्पादनमा केही सहजता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा