सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

श्रीमानको मृत्युपछी श्रीमती पक्राउ, कारण अनौठो छ !


  • शनिबार, चैत्र २६ २०७८
12.3K
SHARES

२६ चैत्र, भरतपुर ।

आत्महत्या दुरुत्साहनको आरोपमा चितवनको भरतपुरबाट एक महिला पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीका अनुसार भरतपुर ८ दुर्गाचोक बस्ने मिरा सुवेदीलाई पक्राउ गरिएको हो ।

उनका श्रीमान् ४२ वर्षीय उत्तम सुवेदी चैत २४ गते विहान साँढे ६ बजेतिर आफ्नै घरको भान्सा कोठाको पंखामा झुण्डिएको अवस्थामा भेटिएका थिए । घाँटीमा बिजुलीको तार लगाएर झुण्डिएको खबर पाएपछि प्रहरी पुगेको थियो। घटनास्थल मुचुल्का लगायतको कार्य सम्पन्न गरेर शव पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा ल्याईएको प्रहरीले जनाएको छ ।

मृतकको दाजुले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएकोले नियन्त्रणमा लिएर चितवन जिल्ला अदालतवाट म्याद थपको अनुमति प्राप्त गरि थप अनुसन्धान जारी रहेको डिएसपी अधिकारीले जानकारी दिनुभयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा