शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

‘सूर्य’ चुनाव चिन्ह लिएर उठ्ने भनेपछि भीम रावलले कमल थापामाथि गरे चोटिलो प्रहार


  • शनिबार, चैत्र २६ २०७८
10.9K
SHARES

फाइल तस्विर

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपालका उम्मेदवारहरुले पनि सूर्य चुनाव चिन्ह लिएर लड्ने बताएपछि एमालेका प्रभावशाली नेता भीम रावलले उनीमाथि चोटिलो प्रहार गरेका छन् ।

रावलले सूर्य चिन्हबाट चुनाव लड्न सक्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाइ प्रति कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले अब देशमा ’जबजमले’ भन्ने सिद्धान्त बोकेको दल ‘रामाले’ उत्पन्न हुने भयो भन्दै व्यङ्ग्य गरेका हुन् ।

उनले लेखेका छन्– राप्रपा थापाले एमालेको सूर्य चिन्ह आगामी चुनाउमा दुई दलको साझा चिन्ह हुनसक्ने र कुरा भइरहेको भनेका छन् । उसो भए अब देशमा ‘जबजमले’ भन्ने सिद्धान्त बोकेको ‘रामाले’ भन्ने दल उत्पन्न हुने भयो त ? धन्य हो ! छेपारो राजनीतिको करामत ? समाजवाद उन्मुख गणतन्त्र छिटै साकार हुन्छ कि क्या हो ?

शुक्रवार काठमाडौँमा आयोजित स्थानीय तह निर्वाचन घोषणापत्र तथा चुनाव चिन्ह सार्वजनिकीकरण समारोहमा बोल्दै अध्यक्ष थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकै चुनाव चिन्ह लिएर पार्टी निर्वाचनमा सहभागी हुन इच्छुक रहेको बताएका थिए ।

उनले स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेसँग सहकार्य गर्ने कुरा प्रारम्भिक चरणमा सम्पन्न भएको पनि बताउँदै आफ्नो पार्टीका स्थानीय तहमा उठ्ने नेता तथा कार्यकर्ताहरूले नेकपा एमालेसँग मिलेर सहकार्य र तालमेल गरेर अघि बढ्न पनि आग्रह गरेका थिए । थापाले नेकपा एमालेसँग स्थानीय तहको निर्वाचनमा तालमेल हुँदा एमालेकै चुनाव चिन्ह लिएर उठ्ने धारणा पार्टीको भएको उल्लेख गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा