शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

चियाको चुस्की लिदै थिए मन्त्री भएको खबर आयो !


  • शनिबार, चैत्र २६ २०७८
7.9K
SHARES

फाइल तस्विर

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीमण्डल पुर्नगठन भएको छ । पाँच दलीय गठबन्धनको महत्त्वपूर्ण घटकका रूपमा रहेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएपछि मन्त्रीमण्डल हेरफेर गरिएको छ ।

शुक्रवार पहिलो चरणमा एकीकृत समाजवादीका तीन मन्त्रीलाई राजीनामा दिन लगाएर नेपाली कांग्रेसका तीन जनालाई मन्त्रीलाई सपथ खुवाइएको छ । एकीकृत समाजवादीकी नेतृ समेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लाल बहादुर खड्का र सामाजिक विकास राज्यमन्त्री मना साउदलाई राजीनामा दिन लगाएर जोशीको ठाउँमा कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल खड्काको ठाउँमा प्रमुख सचेतक गोविन्द बोहरा र साउँदको ठाउँमा सचेतक टेक बहादुर रैका मन्त्री भए ।

नेपाली कांग्रेसबाट रावल, खड्का आन्तरिक तयारीमा थिए । मन्त्रीबन्ने पक्का थियो तर रैकाले यस विषयमा कनैपनि जानकारी पाएका थिएनन् । उनी शुक्रवार साँझ सम्म यस विषयमा अनविज्ञ थिए । केही सञ्चार माध्ययमहरुबाट ‘रैका सामाजिक विकास राज्य मन्त्री’ यस्ता समाचार आउँदा सम्म उनले यसको छनक पाउन सकेनन् ।

राति ८ बजे शपथ ग्रहण गरेका रैकाले साँझ ६ः२० बजे सम्म आफूलाई यस विषयमा जानकारी नभएको बताइरहेका थिए । ‘तपाइले कुन मन्त्रालयमा जिम्मेवारी पाउन लाग्नु भएको हो ?’, भनेर उनलाई सोध्दा उनले भने, ‘खै मलाई त यस विषयमा केही जानकारी छैन । म बजारमा चिया खाइरहेको छु ।’

६ बजेसम्म उनले भनेका थिए, ‘मलाई मन्त्री बन्दै गरेको पहिलो कुरा तपाइले भन्नु भएको हो । खै मलाई त केही थाहा छैन् ।’ उनले आफू मन्त्री बन्न लागेको कुरा जानकारी नभए पनि मन्त्री भएपछि सामाजिक विकासका लागि नमुना काम गर्ने बताएका थिए ।

उनले भने, ‘म मन्त्री बन्ने कुरा त थाहा छैन । तर, बने भने समाज सुधार र शिक्षाका नमुना काम गर्छ।’ सुदूरपश्चिम सरकार पुनर्गठनका लागि भन्दै केही दिन अघि नेपाली कांग्रेस संसदीय दलका नेता डा. रण बहादुर रावल काठमाडौँ पुगेका थिए । उनकै पहलमा केन्द्रीय गठबन्धनको निर्णय अनुसार सरकार पुनर्गठन भएको हो ।

५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा यस अघि माओवादीको नेतृत्वमा समाजवादी र माओवादी मात्रैले सरकार चलाइरहेका थिए । सुदूरपश्चिम प्रदेशमा गठबन्धनको आभास नभएको भन्दै स्थानीय तहको निर्वाचनमा समेत गठबन्धन नहुने कांग्रेसका प्रदेश सभापति वीर बहादुर बलायरले चेतावनी दिँदै आइरहेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा