शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

भरतपुर रेणु दहाललाई छोडेमा काग्रेसबाट बागी उमेदवारी पर्ने पक्का !


  • शनिबार, चैत्र २६ २०७८
14.1K
SHARES

फाइल तस्विर

स्थानिय तहको निर्वाचनमा गठबन्धनको बिषयले चितवनको भरतपुर महानगरपालिका निकै पेचिलो बनेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डकी छोरी रेणु दहाल मेयर रहेको र फेरी पनि उनैलाई मेयर बनाउँने प्रचण्डको दाउ र कुनै पनि हालतमा भरतपुर नछोड्ने चितवन काग्रेसका नेताहरुको अडानले बिषय थप पेचिलो बन्दै गएको छ ।

प्रचण्डले चितवनका काग्रेसले भनेर केहि नहुने भन्दै फेरी पनि केन्द्रमा देउवासँग कुरा मिलाएर आफ्नी छोरी रेणु दहाललाई नै गठबन्धनको तर्फबाट उमेदवार बनाएर मेयर बनाउँने आशयको अभिव्यक्ति दिए पछि आक्रोसित भएका चितवन काग्रेसका नेताहरु काठमाडौँ आएर काग्रेस शिर्ष नेतृत्वका लागी दबाव दिइरहेका छन् ।

सकेसम्म भरतपुर काग्रेसलेनै लिने गरि तयारी गर्ने नसके पनि आफ्नो दुख र बाध्यता बुझिदिन काग्रेस सभापती समेत रहेका प्रधानमन्त्री देउवाले चितवनका काग्रेस नेतालाई अनुरोध गरेका छन् तर चितवन काग्रेसका नेता कुनै पनि हालतमा स्विकार गर्न तयार देखिदैनन् ।

यसै विच यस पटक पनि गठबन्धन गरेर प्रचण्डकी छोरी रेणु दहाललाई मेयरको उमेदवार बनाए भरतपुर महानगरपालिकामा काग्रेसको तर्फबाट बागी उमेदवारी पर्ने पक्कापक्की भएको छ । चितवन काग्रेसका पुराना नेता कृष्णलाल सापकोटाले भरतपुर महानगरपालिका माओवादीलाई छोडेमा आफुले बागी उमेदवारी दिने घोषणा गरेका छन् ।

चितवन काग्रेसको टावरको रुपमा चिनिने सापकोटाले काग्रेस बचाउँका लागी आफुले बागी उमदेवारी दिने घोषणा गरेका छन् । ‘उम्मेदवार हुन्छु भनेर त्यसै भनेको हैन, यो उमेरमा फटाहा कुरा बोलेर हिंड्ने के रहर छ ? म जित्नका लागि लड्ने हैन, कांग्रेस बचाउन मेरो दरखास्त पर्छ’, सापकोटाले भनेका छन् । ।

चितवनमा २०४६ सालको जनआन्दोलनको नेतृत्व गरेका सापकोटा त्यसअघि एकपटक पार्टी सभापति र बहुदल आएपछि २०४८ र २०५७ मा कांग्रेस चितवनको पार्टी सभापति भैसकेका छन् । उनी जिविस चितवनको पहिलो सभापति र जिविस महासंघको संस्थापक अध्यक्ष हुन् ।

कांग्रेस र कम्युनिष्टको विचार, कार्यक्रम र नीति नै अलग अलग भएकोले माओवादीसँग कुनै खालको गठबन्धन गर्न नहुने तर्क उनको छ । उनलाई अघिल्लो चुनावमा कांग्रेसले माओवादीलाई मेयरमा साथ दिएको उत्ति मन परेको थिएन ।

उनले अघिल्लो चुनावमा एक हस्तलिखित पत्र नै लेखेर गठवन्धन गरिनु निन्दनीय काम भएको उल्लेख गरेका थिए । गत चुनावमा माओवादी र रेनुलाई मत माग्न कतै नहिडेको उनको धारणा छ ।

वितेको पाँच वर्षमा कांग्रेसले कहिले कता कहिले कता भोट हाल्दा पार्टी संगठन क्षयीकरण भएको, पार्टी पंक्तिमा क्षमता भएका नेताहरू निरास हुन थालेकोमा आफू चिन्तित भएको बताए ।

२-४ महिना प्रधानमन्त्री हुनलाई पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेस चितवनलाई माओवादी ‘बोक्न’ लगाएको बुझाइ उनको छ । कसैले गठबन्धन विरोधी भने पनि केही फरक नपर्ने नेता सापकोटा बताउँछन् । यसपटकको निर्वाचनमा कांग्रेसले महानगर मेयरमा माओवादीलाई समर्थन गरे आफूले मेयरमा उम्मेदवारी दिने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा