आसन्न निर्वाचनमा गठबन्धन गरेर एमालेलाई हराउँछौ भनेर कस्सिएका शेरबहादुर देउवा देखी प्रचण्ड र माधव कुमार नेपाल सम्मलाई नागरिक समाजका अगुवा एवं वरिष्ठ चिकित्सक डा सुन्दरमणी दिक्षितले मुखभरिको जवाफ दिएका छन् ।
एउटा पार्टीलाई हराउनका लागी गठबन्धन भनेर हिड्नेहरु हुत्तिहारा भएको भन्दै डा दिक्षितले उनीहरुको यस निर्वाचनमा कुनै पार लगाग्ने ठोकुवा गरेका छन् । एक्लै चुवाव लड्छु भन्न नसक्नेहरु हुतिहारा मात्रै होइन लुते भएको आरोप पनि डा दिक्षितले लगाएका छन् ।
डा. दिक्षितले नेकपा एमालेका अध्यक्ष केपी ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेनमा दम देखिएको बताएका छन् । केपी ओली र लिंदेन आफ्नो कार्यक्रम लिएर जनताको विचमा गएका छन् अरु पाँच दल त गठबन्धन भनेर बसेका छन् दम त ओली र लिंदेनमा पो देखियो दिक्षितले भनेका छन् ।
गठबन्धन भन्नेहरुले लोकतन्त्रको मर्ममानै प्रहार गरिरहेको भन्दै डा दिक्षितले गम्भिर असहमती प्रकट गरेका छन् । गठबन्धन भनेर भोटमाग्न आउँनलेलाई मत नदिन पनी डा दिक्षितले सबै देशबासीलाई अपील गरेका छन् ।’ के का लागी गबठन्धन रु सत्ताका लागी रु भाग खानका लागी ? होइन भने विचारनै नमिल्नेका विचमा अरु के कारणले गठबन्धन हुन सक्छ ?’ डा दिक्षितले प्रश्न गरेका छन् ।
नेपाली काग्रेस पतनको बाटोमा गएको जिकिर पनि डा दिक्षितले गरेका छन् । विपी कोइरालाले एउटा आदर्श र सिद्धान्त बोकेर स्थापना गराएको पार्टी आज शेरबहादुर देउवाले पत्तन बनाएको भन्दै डा दिक्षितले काग्रेस पतन हुन दुखको कुरा भएको बताए । टाउको काट् ने र काटिनेको विचमा अचम्मको गठबन्धन बनेको पनि उनले भनेका छन् ।
गठबन्धन भनेर आउँनेलाई भोट दिनै नहुने पनि डा दिक्षितले भनेका छन् । विचारनै नमिल्ने पार्टीहरुका विचमा गठबन्धन गरेर आउँनेलाई कसरी भोट दिने रु यस्ता पार्टीले चुनाव जिते पनि झनै भद्रगोल हुनो दाबी पनि उनले गरका छन् । गठबन्धन नेताका विचमा भए पनि जनताका विचमा नहुने भन्दै उनले गठबन्धनवालालाई जनताले चुनावमा देखाइदिने बताए ।
डा. दिक्षितले चुनाव एक हिसाबले एमालेले जितिसकेको दाबी गरे । एमाले अध्यक्ष केपी ओलीले देशव्यापी अभियान संचालन गरेर एमालेको पक्षमा ठूलो माहोल बनाइसकेको भन्दै उनले ओलीको कन्फिडेन्सलेनै एमालेले चुनाव जित्ने तर्क उनले गरे ।
‘मनोवैज्ञानिक रुपमा एमालेले चुनाव जितिसकेको छ । अरु पाँचवटा लुतेहरु एक्लै चुनाव जित्न सकिँदैन भनेर रोएर बसेका छन् तर केपी ओली पाँच दलमात्रै होइन निर्वाचन आयोगमा दर्ता भएका जती सबै दल मिलेर आउँ भनेर च्यालेन्ज दिइरहेका छन् अनी एमालेले नजितेर कसले जित्छ चुनाव रु ‘डा दिक्षितले प्रश्न गरेका छन् ।
अहिलेको अवस्थामा कित केपी ओलीको पक्षमा कित राजेन्द्र लिंदेनको पक्षमा माहोल देखिएको पनी डा दिक्षित बताएका छन् । अरुलाई मन परोस नपरोस आफ्नो ठाउँमा छ कित केपी ओली आफ्नो कार्यक्रम दिएका जनतामा पुगेको छ कित राजेन्द्र लिंदेन पुगेको छ । लिंदेनले सम्म एक्लै चुनाव जित्छु भनेर भनेको छ तर पाँच दलका हुत्तिहाराहरुले त्यो आँट गर्न सकेनन् । डा दिक्षितले भने ।
जनतामा आफ्नो कार्यक्रम लिएर आएको केपी ओली या लिंदेनलाई भोट हालौँ तर पाँच दल मिलेर आयौँ भन्नेहरुलाई भोट हाल्दै नहालौँ डा दिक्षितले अपील गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको हालत देखेर आफुलाई दया लागेको पनि उनले भनेका छन् । आफ्नी छोरी रेणु दहाललाई मेयर बनाउँन मात्रै प्रचण्डलाई गठबन्धन चाहिएको पनि दिक्षितले आरोप लगाएका छन् ।