शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

कृष्ण सिटौलालाई दुर्गा प्रसाईको फोन, ‘मामा म क्षेत्र नम्बर ३ मा एमालेबाट उठ्ने भएँ, तपाईँ अर्कै क्षेत्रमा गइदिनुपर्‍यो’


  • शुक्रबार, चैत्र २५ २०७८
11.5K
SHARES

यतिबेला स्थानीय तह चुनावको चहलपहल बढेको छ । तर, झापा क्षेत्र नम्बर ३ मा भने एक वर्षपछि हुने संसदीय चुनावको चर्चासमेत सुरु भएको छ । एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केपी ओलीबाट आफूले टिकट पाइसकेको भन्दै झापा क्षेत्र नम्बर ३ मा चुनावी अभियान थालेका छन् ।

स्रोतका अनुसार प्रसाईंले काँग्रेस नेता कृष्ण प्रसाद सिटौलालाई टेलिफोन गरेर क्षेत्र नम्बर ३ मा एमालेले आफूलाई खटाएको हुनाले उक्त क्षेत्रमा उम्मेदवार नबन्न आग्रह गरेका छन् । प्रसाईंले सिटौलालाई नाताले मामा भन्छन् । एमाले नेता प्रसाईंले सिटौलालाई फोनमा भने, ‘मामा म क्षेत्र नम्बर ३ मा एमालेबाट उठ्ने भएँ, तपाईँ अर्कै क्षेत्रमा गइदिनपर्‍यो ।’

झापा क्षेत्र नम्बर ३ यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जितेको क्षेत्र हो । ०७४ सालमा लिङ्देनले एमाले अध्यक्ष केपी ओलीको साथ पाएर जितेका थिए । सो निर्वाचनमा एमालेले ‘म्याच फिक्सिङ’ गर्दा सिटौला पराजित भएका थिए ।

यस पटक ओलीले मेडिकल व्यवसायी प्रसाईंलाई सो क्षेत्रमा तयारी गर्न भनेपछि लिङ्देन र काँग्रेस नेता सिटौलामाथि थप दवाव पर्न थालेको छ । आगामी चुनावमा सो क्षेत्रमा एमालेका दुर्गा प्रसाईं, राप्रपाका लिङ्देन र काँग्रेसका सिटौलाबीच भिडन्त भएमा त्यो रोचक प्रतिस्पर्धा हुनेछ ।

-रातोपाटीबाट


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा