शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

मन्त्री झाँक्रीले मागिन् माफी


  • बिहिबार, चैत्र २४ २०७८
8.8K
SHARES

फाईल तस्बिर

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पार्टीलाई समय दिन नसकेकोमा नेता कार्यकर्तासँग माफी मागेकी छन्।

चुनावको पार्टीका नेता कार्यकर्तालाई नभेटेको भन्दै एकीकृत समाजवादीमा झाँक्रीप्रति असन्तुष्टि बढेका बेला उनले माफी मागेकी हुन्।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा आचारसंहिताअघि सरकारी र प्रशासनिक काम गरिसक्नुपर्ने भएकाले त्यसमा व्यस्त हुँदा पार्टीलाई समय दिन नसकेको उनले उल्लेख गरेकी छन्।

उनले ट्वीटरमा भनेकी छन्, ‘कतिपय साथीहरू मन्त्रालय आएर पनि मसँग भेट हुन सकेको छैन। कतिपय साथीहरूलाई समय दिन सकेको छैन। त्यसको लागि क्षमा चाहन्छु।’ यो हप्तापछि नियमित पार्टी काममा फर्किने उनको भनाइ छ।

उनले भनेकी छन्,’ निर्वाचन आचारसंहिता लाग्नुभन्दा अगाडि गर्नुपर्ने काम, आगामी आर्थिक वर्षको नीति, कार्यक्रमको सैद्धान्तिक छलफल र त्यसको निर्णय गरेर राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालय पठाउनुपर्ने समय सीमा र आन्तरिक कामको कारणले गर्दा यो हप्ता एकदमै व्यस्त छु ।’

‘कतिपय साथीहरू मन्त्रालय आएर पनि मसँग भेट हुन सकेको छैन। कतिपय साथीहरूलाई समय दिन सकेको छैन। त्यसको लागि क्षमा चाहन्छु,’ उनले भनेकी छन्। यो हप्तापछि नियमित पार्टी काममा फर्किने उनको भनाइ छ।

‘निर्वाचन आचार संहिता लाग्नुभन्दा अगाडि गर्नुपर्ने काम, आगामी आर्थिक वर्षको नीति, कार्यक्रमको सैद्धान्तिक छलफल र त्यसको निर्णय गरेर राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालय पठाउनुपर्ने समय सीमा र आन्तरिक कामको कारणले गर्दा यो हप्ता एकदमै व्यस्त छु,’ उनले ट्वीटरमा भनेकी छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा