नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार कानुन व्यवसायी गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भएका छन् ।
यसअघि बडूले उक्त मन्त्रालय सम्हाल्दै आएका थिए । मन्त्री बडुले आफूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने जानकारी अनौपचारिक माध्यमबाट पाएको बताए ।
यो मन्त्रालय लामो समयदेखि प्राधनमन्त्री आफैंसँग छ । देउवाले २२ साउनमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान गजेन्द्र हमाललाई मन्त्री नियुक्त गरेका थिए । तर चर्को विरोध भएपछि हमालले केही दिनमै राजीनामा दिएका थिए । त्यसयता यो मन्त्रालय प्रधानमन्त्रीले आफैंसँग राखेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गरे संगै हाल कानुनमन्त्री रहेका दिलेन्द्र बडू उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने देउवाको तयारी छ।
संविधान अनुसार, बन्दी अब ६ महिनासम्म मन्त्री रहन सक्नेछन् । संविधानमा सभासद् नरहेको अवस्थामा पनि ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था छ। गैह्र सांसद मन्त्री नियुक्त भएको ६ महिनाभित्र संघीय संसदको सदस्यता नलिए मन्त्री पद स्वत: खारेज हुन्छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।