सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

भारतमा कोरोनाको नयाँ भेरियन्ट देखियो


  • बिहिबार, चैत्र २४ २०७८
9K
SHARES

फाईल तस्बिर

भारतको मुम्बइमा एक्स–ई नामको कोरोनाको अर्को भेरियन्ट पुष्टि भएको छ ।

मुम्बइका स्वास्थ्य अधिकारीहरुले एक्स–ई भेरियन्ट फेला परेको बताएका हुन । उनीहरुले कप्पा नामको अर्को भेरियन्ट पनि फेला परेको बताएका छन् ।

मुम्बइ कोरोना टाक्सफोर्सका डा. शशांक जोशीले नयाँ भेरियन्ट पुष्टि हुँदैमा आत्तिनु पर्ने अवस्था भने नरहेको बताएका छन् ।
एक जना विदेशी महिलामा उक्त संक्रमण पुष्टि भएको तर उनी पूर्णतः निको भएर आफ्नो देश फर्किएको डा. जोशीको भनाइ छ ।

परीक्षणका क्रममा गत महिना युरोपेली देशहरु र चीनमा तीब्र गतिमा फैलिएको कप्पा भेरियन्ट पनि फेला परेको मुम्बइका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । एक्स–ई भेरियन्ट बीए टु भेरियन्ट भन्दा बढी संक्रामक हुन सक्ने आशंका पनि चिकित्सकहरुले गरेका छन् ।

यता, भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भने नयाँ भेरियन्टको विषयमा अहिले नै यकिन रुपमा बताउन नसकिने भन्दै त्रसित नहुन भनेको छ । नयाँ भनिएको भेरियन्ट सम्बन्धि पर्याप्त अध्ययन नगरी निष्कर्ष निकाल्नु हतार हुने भारतीय स्वास्थ्य मन्त्रालयको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा