सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

ट्युसन पढ्न जादा बाटैमा मारिएकी कविताको हत्यामा संलग्न आरोपी सार्वजनिक


  • बुधबार, चैत्र २३ २०७८
19.1K
SHARES

उदयपुर :

उदयपुरको बेलका नगरपालिका–३ डंगटोलस्थित बुद्धचौककी १६ वर्षिया बालिका कविता सुनवार हत्यामा वियरको बोतल र ढुंगा प्रहार भएको पाइएको छ।

व्यक्तिगत रिसिवीका कारण कवितालाई सोही ठाउँकी १७ वर्षिया सरिता ढकालले योजना बनाएर दाजु छिमेकी मुलुक भारतको सिक्किम राज्य बियुङ घर भई हाल बेलका नगरपालिका-३ मा बस्दै आएका १९ वर्षिय बिनोद ढकालको साथ लिएर हत्या गरेको प्रारम्भिक वयानबाट खुलेको हो ।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय परिषरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आरोपित सार्वजानिक गर्दै एसपी सुवासचन्द्र बोहोराले घटनाको प्रकृति र बयान हेर्दा झण्डै १० दिनअघि कवितालाई हत्या गर्ने योजना रहेको बताए।

कवितालाई बियरको बोतल र ढुंगा प्रहार गरी हत्या गरेको उनीहरुल स्वीकार गरेको उनले बताए। एसपी बोहोराले भने, ‘घटनाको जानकारी पाएको ४/५ घण्टा बित्न नपाउँदै आरोपित पक्राउ गर्न प्रहरी सफल भएको छ, यसपछि बाँकी अनुसन्धानका प्रकृयालाई फराकिलो बनाउँछौ।’

उनले भने,‘पक्राउ परेकी बालिकाले पहिलो पटक बिहान ४:५ बजे टियुसन पढ्न सँगै जानुपर्छ भन्दै मोबाईलमा म्यासेज पठाएका छन्। त्यसपछि ४:३१ मा अन्तिमपटक म्यासेज गरेको देखिन्छ,’ उनले भने, ‘दुबै म्यासेजको अनुसन्धानगर्दा करिब ५ बजे हत्या भएको हुनुपर्दछ।’

‘बयानमा मृतक कविताले पक्राउ परेकी बालिकालाई सानो कुरामा होच्याउने, चिढ्याउने गरी आघात पुर्याउने गरेकाले त्यहीँ कुरामा रिसिवी राखी हत्या भएको देखिन्छ’ एसपी बोहोराले भने। मंगलबार बिहान मृत अवस्थामा फेलापरेकी कविता बिहान ४:५ बजे घरबाट ट्युसन पढ्न एक्लै गएकि थिईन्।

साथीको म्यासेजपछि पढ्नसँगै गएको हुन सक्ने प्रहरीको अनुमान छ। कवितालाई अगाडि लगाई पछ्याउँदै गएका उनीहरुले एकान्त ठाउँ यशोदा खोला (जहाँ बाँसघारीसमेत रहेको छ) रोजेको हुन सक्ने प्रहरीको अनुमान छ। एसपी बोहाराले भने, ‘यशोदा खोला पुगेपछि बिनोदले लुकाएर लगेको बियरको बोतल झिकी कविताको टाउकोमा पछाडीबाट प्रहार गरेको देखिन्छ।’

टाउकोमा हान्ना साथ कविता ढलेपछि अरुले थाहा पाउने डरले आरोपितहरुले ढुंगाले किच्याएर हत्या गरेको र करिब ४ सय मिटर पर घिसार्दै लगेर खोला छेउमा रहेको काठको गोलिया छेउमा शव राखेको अनुसन्धानका क्रममा खुलेको उनले बताए। बोतल प्रहार गर्दा सिसा उछिटिएर विनोदलाईसमेत चोटपटक लागेको छ। कविता भुईमा ढलेपछि घुडाँले थिच्नेक्रममा सिसाले विनोदको घुँडामा थुप्रै चोट लागेको देखिएको छ।

प्रारम्भिक बयानबाट घटना उनीहरुबाटै भएको भन्दै मृतकका बुवा कृष्णबहादुर सुनवारले आरोपितद्धयविरुद्ध मंगलबार ५ बजे इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा किटानी जाहेरी दिएको एसपी बोहोराले बताए। जाहेरीसँगै प्रहरीले शव पोष्टमार्टमका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ।

जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा रहेका उनीहरुलाई प्रहरीले बुधबार जिल्ला अदालतबाट बालिकाको हकमा ५ दिन र विनोदको हकमा ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेकी सरिता र मृतक कविता कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत साथी हुन्। त्यस्तै बिनोद सरिताका ठूलो बुवाको छोरा अर्थात दाजु हुन्। कविता परिवारकी कान्छी छोरी थिइन्। परिवारमा २ छोरी र एक छोरा छन्। खेतीकिसानी र मिस्त्रि गरेर उनको परिवारले छोराछोरीलाई पढाइरहेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा