शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

ओलीको अँगालोमा लपक्कै भएका डल्लाकोटी भोलिपल्टै प्रचण्ड सँग किन परे लम्पसार ?


  • बुधबार, चैत्र २३ २०७८
12.8K
SHARES

माओवादी केन्द्र पार्टीबाट धादिङ बेनीघाट रोराङ्ग गाउँपालिकाका अध्यक्ष जितेका  पित्त बहादुर डल्लाकोटीले माओवादी केन्द्र पार्टी परित्याग गरी अघिल्लो दिन नेकपा एमाले पार्टी अध्यक्ष ओलीको निवास बालकोट पुगेर ओलीको अँगालोमा परेर एमाले बनेका थिए तर रातारात उनी पुन प्रचण्ड सँग भेटेर माओवादी केन्द्रमै फर्केको बताएका छन् ।

डल्लाकोटीले प्रचण्डसँग परिबन्दमा परि बालकोट पुगेको र यसमा आफ्नो गल्ती महसुस गरेको बताएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। ‘अध्यक्ष ज्यु, केहि मान्छेको परिबन्दमा परि बालकोट पुगे।यसमा मेरो गल्ती भो।’डल्लाकोटीलाई उद्दृत गर्दै मल्लले भने, ‘तर मलाई मैले बनाको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिनसम्म छोडेनन, सुत्न नि दिएनन्। मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु । र, म २ दिनमै घर फर्केको छु।’

भेटमा प्रचण्डले गल्ती गरे महसुस गरिसेकाले काममा फर्कन निर्देशन दिएको मल्लले बताए। डल्लाकोटीले आगामी दिनमा पार्टीमा रही पार्टीको निर्णयअनुसार निरन्तर क्रियाशिल रहने प्रतिबद्धता जनाएका छन्। गत स्थानीय तह निर्वाचनमा उनी माओवादी केन्द्रबाट बेनिघाट रोराङ्ग गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

आम जनताले भने अघिल्लो दिन बाल कोट पुगेर ओलीको अँगालोमा लपक्कै हुने र भोलिपल्टै बाल कोट पुगेर प्रचण्ड सँग भेटेर माओवादी नै भएको बताउनु आस्चर्य भएको बताउँछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा