शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

गठबन्धनका दलबीच जहाँ जो बलियो उसैको दाबी हुनेछ : माधव नेपाल


  • बुधबार, चैत्र २३ २०७८
11.4K
SHARES

तस्विरः फाइल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जहाँ जसको शक्ति छ उसैले निर्वाचनमा दाबी गर्ने बताएका छन् ।कपिलवस्तुको शिवराज नगरपालिका–२ मा कार्यकर्तालाई अध्यक्ष नेपालले जुन क्षेत्रमा जसको पकड राम्रो छ उसैले दाबी गर्ने बताएका हुन् ।

यो क्षेत्रमा हामी बलिया छौँ। त्यसैले यहाँ हाम्रो दाबी रहने छ, उनले भने । नेता नेपालले मंगलबार बिहान पाँच दलबीच निर्वाचनमा मिलेर लड्ने सामूहिक रूपमा संकल्प भएको बताए ।

उनले वृद्ध भत्ताको रकम बढाएर पाँच हजार पुर्‍याउने समेत दाबी गरे । एमालेप्रति इङ्गित गर्दै अध्यक्ष नेपालले बृद्धभत्ता लागू गर्ने, विधवा महिला, एकल महिला, अपाङ्गता भएकालाई भत्ता लागू गर्ने आफ्नो दल रहेको बताउँदै अरु नक्कली रहेको टिप्पणी गरेका छन्।

कार्यक्रममा एकीकृत समाजवादीमा सचिव भागवत विश्वासीले एमालेले जनतालाई घात गरेको आरोप लगाएका थिए । प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीले संविधान मिचेर जनमतको अपमान गरेको उनको आरोप थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा