शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

ट्युसन पढ्न गएकी किशोरीको हत्या


  • बुधबार, चैत्र २३ २०७८
11.3K
SHARES

उदयपुर – ट्युसन पढ्न हिँडेकी एक छात्राको हत्या भएको छ। जिल्लाको बेलका नगरपालिका–३ बुद्धचौककी १५ वर्षीया छात्रा कविता सुनुवारको मंगलबार विहान हत्या भएको हो ।

उनको शरीरमा चोटपटक लागेको अबस्थामा उनको शव भेटिएको स्थानीयले प्रहरीलाई खबर गरेका थिए । एसईईको परीक्षा नजिकिँदै गर्दा उनी ट्युशन पढ्न सधैँ बिहानै जाने गरेकी थिइन्।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी निरीक्षक तेजप्रसाद दाहालका अनुसार स्थानीयले घरबाट करिब दुई किलोमिटर पर खोलामा छात्राको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। उक्त घटनाप्रति विद्यालयले आपत्ति जनाएको छ।

कोशी जनता उच्च माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा मङ्गलबार बिहान ५ बजे ट्युसन पढ्न भनेर घरबाट हिँडेकी थिइन्। घरबाट हिँडेको दुई घण्टापछि उनको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

‘प्रहरी टोलीले घटनास्थलको सुरक्षा घेरा हालेर अनुसन्धान अगाडि बढाएको छ’, प्रहरी निरीक्षक दाहालले भने, ‘घटना शङ्कास्पद रहेकाले गम्भीर रुपमा अनुसन्धान अगाडि बढाएका छौँ।’

घटना लगत्तै स्थानीयले सत्य तथ्य छानबिनको माग गरेका छन्। प्रहरीले घटनाको सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिएको दाहालले जानकारी दिए।

विद्यालयका प्रधानाध्यापक सूर्यनारायण साह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेतले छात्राको हत्याको घटनाले अत्यन्तै दुःखी बनाएको उल्लेख गरेका छन् ।

संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै विद्यालयमा नियमित आउने क्रममा बाटोमा भएको क्रूर र हिंसात्मक घटनाको घोर भर्त्सना गर्दै घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा