सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

किम कि बहिनीले निकालिन् कडा विज्ञप्ती, दक्षिण कोरियामा बढ्यो त्रास !


  • बुधबार, चैत्र २३ २०७८
11.4K
SHARES

प्योङयाङ । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ भन्दा झन् कडा बनेर निस्किीएकी छन् उनकी बहिनी किम यो जङ । उत्तर कोरियाले दक्षिण कोरियाले आफूलाई पूर्वसावधानीका नाममा उत्तेजित पार्ने काम गरे आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ।

उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो जङले मंगलबार विज्ञप्ति जारी गर्दै धेरै निहुँ खोजे आणविक हतियारले दक्षिण कोरियाले ध्वस्त पारिदिने चेतावनी दिएको समाचार संस्था एपीले उल्लेख गरेको छ।

कोरियन सेन्ट्रल न्युज एजेन्सीबाट सार्वजनिक भएको जङको विज्ञप्तिमा उनले दक्षिण कोरियाका रक्षा मन्त्रीले हालै दिएको सावधानीका लागि हमला गर्न सकिने भन्ने अभिव्यक्ति दिवास्वप्न र पागलपन भएको बताएकी छन्।

किम जोङ उनको शासनमा महत्वपूर्ण प्रभाव पार्न सक्ने उनकी बहिनी जङ तीन दिनमा दक्षिण कोरियाप्रति दोस्रो पटक खनिएकी हुन्। उत्तर कोरियाले क्षेप्यास्त्रसहित हतियार परीक्षणलाई बढाइरहेका बेला दक्षिणप्रति यस्तो चेतावनी आएको हो।

जङले कोरियाली प्रायद्वीपमा उत्तर कोरियाले अर्को युद्ध नचाहेको भए पनि आक्रमण भए आणविक हतियारले जवाफ दिने बताएकी छन्। उत्तर कोरियालीले पटकपटक आणविक हतियारको परीक्षण गर्दै आएको छ । –एजेन्सी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा