शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

अरविन्द केजरीवाल स्टाइलमा अघि बढे प्रचण्ड, माओवादीमा आउला भोटको बहार ?


  • मंगलबार, चैत्र २२ २०७८
11.5K
SHARES

फाईल तस्बिर

काठमाडौं । आसन्न चुनावको मिति नजिकिएसँगै दलहरुलाई चुनावी चटारो लागेको छ । देशका मुख्य दलहरु चुनाव जित्न आआफ्नै रणनीति बनाउन लागि परेका छन् । उनीहरुले जनतासँग अनेक वाचाकबोल गर्न थालेका छन् ।

आम आदमी पार्टीबाट भारतको राजधानी दिल्लीको मुख्यमन्त्री अरविन्द केजरी वालको सबैकुरा फ्रि गर्ने रणनीति नेपालमा पनि अपनाउन थालिएको छ । आगामी स्थानीय तह निर्वाचनलाई लक्षितगर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार एक अपील जारी गरेका छन्।

स्थानीय तह निर्वाचन–२०७९ का सन्दर्भमा जारी गरिएको उक्त अपिलमा प्रचण्डले यदि आफूहरुको सरकार आएमा विभिन्न विकासे तथा आर्थिक उन्नतिका काम गर्ने बताएका छन्।

प्रचण्डले ’वातावरण मैत्री पूर्वाधार, दिगो विकासको आधार’ शीर्षकमा सबै पालिकाको केन्द्रसम्म कालोपत्रे सडक निर्माण गरी राष्ट्रिय सडक सञ्जालमा जोड्ने व्यवस्था मिलाउने बताएका छन्।

उनले सबै वडाका केन्द्रसम्म बाह्रै महिना यातायात चल्न सक्ने सडकको निर्माण गरिने पनि जनाएका छन्। दाहालले देशका सबै वडामा विद्युतीकरणको व्यवस्था मिलाइने वाचा पनि गरेका छन्। त्यसैगरी देशका सबै वडामा सञ्चार सुविधा विस्तार गरिने पनि प्रचण्डले बताएका छन्।

’नेपालको पानी जनताको लगानी’नारालाई जनस्तरसम्म कार्यक्रम बनाई लागू गरिने पनि उनले बताएका छन्। त्यसैगरी भारतबाट आयात भइरहेको एलपी ग्यास प्रतिस्थापन गर्ने योजना पनि दाहालले ल्याएका छन्।

उनले एलपी ग्यासको विकल्पमा जनतामा विद्युतको उपभोग बढाउन स्थानीय सरकारले प्रत्येक घरधुरीलाई विद्युतीय चुलो निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइने दाहालले बताएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा