शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

जुगलले ऐतिहासीक मौखिक पुस्तक समीक्षा प्रतियोगिता गर्दै


  • बुधबार, भाद्र ११ २०७६
30.1K
SHARES

११ भदौ, काठमाडौँ ।
यति खेर प्रयजसो सबै विद्यालयहरुमा तीज प्रतियोगिता चलिरहेको बेलामा कपनमा रहेको जुगल स्कूल/कलेजले भने विलकुलै फरक किसिमको ऐतिहासिक बाल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।


१२ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा भाद्र १३ गते शुक्रबार दिउँसो १ बजेबाट स्कूलको प्रांगणमा प्रथम काठमाडौं जिल्लास्तरीय अन्तर विद्यालय मौखिक पुस्तक समीक्षा प्रतियोगिता– २०७६ को आयोजना हुने भएको छ । उक्त प्रतियोगितालाई नेपाल राष्ट्रिय पुस्तकालयले साथ दिएको प्रिन्सिपल विवेक विनयीले बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो ।


यस पटक १२ औं राष्ट्रिय पुस्तकालय दिवसको नारा ‘पठन संस्कारको आधारः पुस्तकालयविकास र विस्तार’ रहेको छ । जबसम्म पठन संस्कृति बढ्दैन तबसम्म देशको शैक्षिक उन्नती हुन सक्दैन । अहिले विद्यार्थीहरुमा पठन संस्कृति निरन्तर खस्कदोँ छ । विद्यार्थीहरुलाई उत्प्रेरणा दिन विविध कार्यक्रमहरु गर्न आवश्यक छ । त्यसैले अन्तर विद्यालय मौखिक पुस्तक समीक्षा प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल विनयीले बताउँनु भयो ।


प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्नेविद्यार्थीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ ।

प्रतियोगितामा २३ विद्यालयको सहभागिता हुने जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा