शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

ओलीले स्वीकारे आफू कम्युनिस्ट नभएको कुरा


  • सोमबार, चैत्र २१ २०७८
9.5K
SHARES

फाइल तस्विर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कम्युनिस्ट नभएको स्वीकारेका छन् । सोमबार प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसनको सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफू क्म्युनिस्ट नभएको बताएका हुन् ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिस्ट भए आफु कम्युनिस्ट नहुने बताएका हुन् । मानिसहरुले वामपन्थी भनेको प्रचण्ड नै सम्झने गरेको भन्दै उनले भने, ‘नबुझेर मान्छेहरुले म त वामपन्थी हुन सक्दिन भन्छन् । वामपन्थी भनेको उसले बुझेकै छैन’, अध्यक्ष ओलीले भने, ‘अलिकति के भो भने वामपन्थी भनेको मान्छेहरुले प्रचण्ड सम्झन्छन् । अनि कसरी हुन्छ ? हुने कुरै रहेन नी !’

उनले पहिला पनि आफुले प्रचण्ड कम्युनिस्ट हुन् भने म होइन भनेको स्मरण गर्दै भने, ‘मैले एकपटक भनेको थिएँ, पोहोर परार । यदि प्रचण्ड भन्ने मान्छे कम्युनिस्ट हुन भने म कम्युनिस्ट होइन । प्रचण्ड भन्ने मान्छे नै कम्युनिस्ट हो भने म होइन । म कम्युनिस्ट हुँदा प्रचण्ड कम्युनिस्ट हुनै सक्दैनन् ।’

आफु र प्रचण्ड दुवै कम्युनिस्ट हुनै नसक्ने ओलीको दावी छ । ‘त्यो सम्भव नै छैन नि दुइटा एउटै कुरो कसरी सम्भव हुन्छ ?’, ओलीको प्रश्न छ । आफु र प्रचण्ड बीचमा फरक छुट्याउँदै ओलीले भने, ‘उहाँ अकारण देशमा द्वन्द्व मच्चाउनुहुन्छ म शान्तिको पक्षमा छु । उहाँ जात जातमा भिडाउन खोज्नुहुन्छ, मान्छेलाई म मिलाउन खोज्छु । उहाँ मधेस र पहाडको लडाई गराउन खोज्नुहुन्छ म शान्ति कायम गरेर मेलमिलापसँग अघि बढ्नुपर्छ, सबैलाई समान अधिकार दिनुपर्छ भन्छु……।’

उनले पाँच दलीय गठबन्धन दुई दिनको खेल र टालाटुली बटुलेका पुतली भएको दावी गरे । जनताको आदेश के थियो र के आउँछ भन्ने कुरा आगामी परिणामले देखाउने ओलीको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा