काठमाडौँको उत्तरी पूर्वी भेगमा पर्ने टोखा नगरपालिकाको वडाध्यक्षमा रमेश श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् । युवाको नेतृत्वबाट परिवर्तन सम्भव छ भन्दै टोखा नगरपालिका वडा नम्बर ४ मा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र) बाट स्थानीय स्तरको राजनीतिमा सक्रिय श्रेष्ठ अघिल्लो स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवार जिताउन युवाहरूको तर्फबाट अहम् भूमिका निर्वाह गरेका थिए । निर्वाचनमा वडा नम्बर ४ को वडा इन्चार्ज भूमिका निर्वाह गर्दै पार्टीलाई आर्थिक, भौतिक रूपमै सहयोग गरेका थिए ।

‘आफ्ना स्वार्थभन्दा माथि उठ्दै विशुद्ध सेवाको राजनीति हुनुपर्छ’ भन्ने मान्यता बोकेका श्रेष्ठ वडा नम्बर ४ मा मात्र नभई सिङ्गो टोखा नगरपालिकाका परिचित युवा राजनीतिकर्मी हुन् । श्रेष्ठले वडाको विकास र समृद्धिमा केन्द्रित रहेर पटक–पटक वडा भेला गरेका छन् । यस्तै नगरको विकासमा आफ्नो योजनाका बारे राष्ट्रिय मिडियामा समेत बहस गरेका छन् ।

टोखा नगरपालिका वडा नम्बर ४, धापवासीका स्थानीयवासी समेत रहेका श्रेष्ठ लायन्स क्लब इन्टरनेशनल (325 A 1) को लायन्स क्लब अफ यूथ फर डेभलपमेन्टका चार्टर प्रेसिडेन्ट, डिस्ट्रिक्ट चेअर पर्सन हुँदै जोन चेअर तथा विभिन्न पदमा रहेर सामाजिक काम गरिरहेका छन् ।
‘राजनीतिलाई कमाई खाने भाँडो बनाउनु हुँदैन’ आफै उद्यमशील बन्नु पर्दछ भन्ने मान्यता राख्ने श्रेष्ठले सञ्चालन गरेका ५ भन्दा बढी संस्थाबाट सय जनाभन्दा व्यक्तिहरूले प्रत्यक्ष रोजगारी दिएका छन् । श्रेष्ठ फ्रेण्डसिप पार्टी प्यालेसका सञ्चालक, ज्ञान चक्षु इङ्ग्लिस हाई स्कुलका फाउन्डर, डाइरेक्टर, नौलाखा साकोसका कोषाध्यक्ष, भेटघाट मार्टका सञ्चालक रहेका छन् ।

वडा नम्बर ४ मा सुशासन सहितको विकासको बाटोमा वडालाई अगाडी बढाउने तथा मानव विकास सुचांकलाई वृद्धि गर्दै समुन्नत वडा बनाउने योजना रहेको उनी बत्ताउँछन् ।
‘म नेकपा माओवादीको सच्चा सिपाही हुँ, माओवादी कार्यकर्ता भन्न पाउँदा गर्वको महसुस हुन्छ ।’ श्रेष्ठ भन्छन्, ‘मेरो उम्मेदवारी व्यक्तिगत लाभका लागि घोषणा गरेको हैन । विगतमा गरेको कामको मूल्याङ्कन गरेर होला पार्टीका साथीहरूदेखि वडावासीहरूले उम्मेदवार बन्न प्रेरित गरिरहनु भएको छ । यस कुरालाई आत्मसाथ गर्दै उम्मेदवारी दिने घोषणा गरेको छु । आशा छ सिङ्गो वडाको समुन्नत विकासको हिस्सा बन्न एक पटक वडाको नेतृत्व गर्ने अवसर मिल्नेछ ।’

सामाजिक कामको अभियान नै बनाएर विभिन्न कार्य गरेका श्रेष्ठले ज्यानको कुनै प्रवाह नगरी कोभिड–१९ कहरमा आफ्नो तर्फबाट निःशुल्क खाद्य सामाग्री, स्वास्थ्य सामाग्री वितरण गरेका थिए