नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घुमाउरो पारामा माओवादी अध्यक्ष प्रचण्डलाई लक्षीत गरी देशमा एकपटक राजनीतिका नाममा मान्छे मार्ने चलन नै चलेको बताएका छन् । सोमबार प्रोग्रेसिङ इन्जिनियरिङ एसोसिएसनको कार्यक्रममा उनले जाति, धर्म, पहिचानको नाममा मान्छे मार्ने काम भएको बताए ।
“राजनीतिका नाममा मान्छे मार्ने चलन चल्यो । पहिचानका नाममा जातिजाती उचालेर भाषा, धर्म भूगोल उचालेर पहिचानका नाममा मधेस–मधेस भनेर एकपटक नेपाललाई आपसमा माराकाट गर्ने रणभूमि बनाउन खोजे । गौरमा २८ जना अकारण माओवादीको सभामा अर्कोवादीले हमला गरेर मार्यो,” विगतलाई कोट्याउँदै उनले भने ।
राजनीतिका नाममा मारेको भएलाई मुद्दा नलाग्ने परिस्थिति बनेको उनको भनाइ छ । भौगोलिक संकीर्णताको परिणति भएको र त्यो देशभक्ति नभएको उनको भनाइ छ ।
गौरमा २८ जना अकारण माओवादीको सभामा अर्कोवादीले हमला गरेर मार्यो भन्दै विगतलाई कोट्याएका ओलीले माओवादीलाई कटाक्ष गरेको बुझ्न सकिन्थ्यो । एक प्रसङ्गमा ओलीले प्रचण्डले नेकपा फुटाएको नेकपा फुटाउने प्रमुख पात्र नै प्रचण्ड भएको बताएका थिए । प्रचण्ड कम्युनिस्ट नभएको समेत ओलीको टिप्पणी थियो । अवसर र पदका लागि कम्युनिस्ट सरकार ढाल्नेहरू कम्युनिस्ट हुनै नसक्ने समेत ओलीको ठहर थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।