शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एकीकृत समाजवादी जस्तो असली कम्युनिस्ट पार्टी अरू कुनै छैनन् : माधव नेपाल


  • सोमबार, चैत्र २१ २०७८
12K
SHARES

तस्विरः फाइल

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी पार्टी असली कम्युनिस्ट पार्टी भएको बताएका छन् । नेपालमा समाजवादी जस्तो असली कम्युनिस्ट पार्टी अरू कुनै नभएको समेत नेपालको दाबी थियो ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानिको क्रममा उनले सोकुरा बताएका हुन् । उनले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताए । उनले तत्कालीन सरकारले प्रतिगमन निम्त्याएको र अह्मकारी बनेकाले नै गठबन्धनको आवश्यकता परेको आरोप लगाए ।

‘विनविन’को सिद्धान्तले गठबन्धन हुन्छ भन्दै पूर्वप्रधानमन्त्री नेपालले नेकपा (एकीकृत समाजवादी) नै असली कम्युनिष्ट पार्टी भएकाले मतदाताले कलम चिह्नमा अपार मत हाल्ने विश्वास व्यक्त गरे ।

उनले युक्रेन र रुसको समस्या जटिल भएकाले यसको समाधान बहस र छलफलबाट टुङ्गो लगाउनुपर्ने धारणा राखे । नेता नेपालले समाजवादी पार्टीलाई जनताले समेत विश्वास गरेर कलम चिन्हमा मतदान गर्ने समेत बताए । उनले एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै नेपालमा कम्युनिस्टको खोल ओढेकाहरू  सक्कली कम्युनिस्ट भएको बताउँदै हिँडेको तर सही अर्थमा समाजवादी पार्टी मात्रै कम्युनिस्ट सिद्धान्त बोकेर जनताको घरदैलोमा पुग्ने समेत बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा